दसैँ महोत्सव : जावलाखेल जुत्ता चप्पल मेला सुरु, ११ ब्रान्डका उत्पादन सुपथ मूल्यमा पाइने
काठमाडौँ । नेपाली जुत्ता चप्पल उत्पादक समूहद्वारा “नेपाली उत्पादनको प्रवर्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित जावलाखेल जुत्ता चप्पल दसैँ महोत्सव २०८० सुरु भएको छ । जावलाखेल फुटबल मैदानमा असोज १० गतेदेखि मेला सुरु भएको हो ।
स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवको बुधबार ललितपुर महानगरपालिकाको उपप्रमुख मन्दिरा शाक्यले उद्घाटन गरेका छन् । नेपाललाई आत्मनिर्भर बनाउनका लागि तथा स्वदेशी उद्योगको प्रवर्द्धन गर्नका लागि महानगरको साथ र सहयोग सदैव रहने उपप्रमुख शाक्यले बताइन् । साथै नेपाली उत्पादनहरू प्रयोग गर्नका लागि उनले सबैलाई आग्रह समेत गरिन् ।
यसैगरी उक्त उद्घाटन समारोहमा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा नेपाल जुत्ता चप्पल उत्पादन सङ्घका अध्यक्ष नानीराज घिमिरेले नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यावसायीहरुको समूहद्वारा स्वदेशी ब्रान्डहरूलाई आम उपभोक्ताहरुकोे वीचमा पुर्याउने र आम उपभोक्ताहरुलाई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराई स्वदेशी उत्पादन प्रयोगका निमित्त उपभोक्ताहरूको रुचि जगाउने उद्देश्यका साथ देशका प्रमुख सहरहरूमा विभिन्न खालका मेला महोत्सवहरू आयोजना गर्दै आइरहेको जानकारी दिए ।
जावलाखेल जुत्ता चप्पल दसैँ महोत्सव असोज १० गतेदेखि कार्तिक ३ गतेसम्म सञ्चालन हुनेछ । बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म खुल्ला रहने महोत्सवमा न्यूनतम २० प्रतिशत देखि ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
महोत्सवमा नेपालका चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी तथा ब्रान्डहरू रोयल शु इण्डष्ट्रिजको उत्पादन –रोयल शुज, वेश फुटवेयरको उत्पादन – वि.एफ डियर हिल र वि.एफ स्पोर्ट, लालिगुराँस फुटवेयरको – क्रस रोड शुज, शुभकामना फुटवेयरको – फस्टवाक शुज, नमस्ते फुटवेयरको – सिल्स, आर.डि.कलेक्सनको – हाई लाईफ, केटिएम शुजको –केटिएम, डि.जे. शुज कम्पनीको – डि.जे. शुज, फुड फेशनको – वेली शुज, सर अनिल टेड लिंक्सको– उत्सव र कोसेली छाला जुत्ता उद्योगको – कोसेली सुज गरी ११ वटा ब्रान्डहरूको सहभागिता रहेको छ ।
यस महोत्सवमा ग्राहकले नयाँ ब्रान्ड तथा डिजाइनका ३ हजार बढी मोडलका जुत्ता चप्पलहरू आकर्षक छुटका साथमा सुपथ मूल्यमा खरिद गर्न पाउने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण