बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

एमाले बागमतीको मतदान अन्तिम चरणमा

शुक्रबार, १२ असोज २०८०, १९ : ३३
शुक्रबार, १२ असोज २०८०

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेशको मतदान अन्तिम चरणमा पुगेको छ । कुल ११६९ मतदाता रहेको बागमती प्रदेशमा राति साढे ७ बजेसम्म ९ सय हाराहारीमा मतदान सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । 

पार्टी कार्यालय च्यासलमा शुक्रबार दिउँसोदेखि मतदान अब करिब एक घण्टामा सकिने अपेक्षा गरिएको छ । मुख्य निर्वाचन अधिकृत डिल्ली मैनालीले निर्वाचनबाट पाँच पदाधिकारीसहितका २४५ निर्वाचित हुने जानकारी दिए । 

बागमतीको अध्यक्षमा केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल प्रतिस्पर्धामा छन् । त्यसैगरी उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावादोर्जे लामा, नारायण खतिवडा र सुभाषचन्द्र ठकुरी प्रतिस्पर्धामा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप