राजनीति
एमाले बागमतीको मतदान अन्तिम चरणमा
शुक्रबार, १२ असोज २०८०, १९ : ३३
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेशको मतदान अन्तिम चरणमा पुगेको छ । कुल ११६९ मतदाता रहेको बागमती प्रदेशमा राति साढे ७ बजेसम्म ९ सय हाराहारीमा मतदान सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।
पार्टी कार्यालय च्यासलमा शुक्रबार दिउँसोदेखि मतदान अब करिब एक घण्टामा सकिने अपेक्षा गरिएको छ । मुख्य निर्वाचन अधिकृत डिल्ली मैनालीले निर्वाचनबाट पाँच पदाधिकारीसहितका २४५ निर्वाचित हुने जानकारी दिए ।
बागमतीको अध्यक्षमा केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल प्रतिस्पर्धामा छन् । त्यसैगरी उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावादोर्जे लामा, नारायण खतिवडा र सुभाषचन्द्र ठकुरी प्रतिस्पर्धामा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल्भारेजको गोलमा अर्जेन्टिनाले लियो पुनः अग्रता
-
सरकारबारे राजेन्द्र महतो : १०० दिनमै ‘निरङ्कुशताको गन्ध’ आयो
-
अतिरिक्त समयको पहिलो हाफमा पनि गोल भएन, अर्जेन्टिना–स्विट्जरल्यान्डको खेल अझै बराबरीमा
-
बझाङ जिप दुर्घटना : ६ गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगन्ज लगियो
-
निर्धारित समय १–१ को बराबरीमा सकियो, अर्जेन्टिना र स्विट्जरल्यान्डबिचको खेल अतिरिक्त समयमा
-
अस्पतालको बोर्ड फेरेर मात्र स्वास्थ्य क्षेत्रमा सुधार हुँदैन : महामन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण