कर्णालीमा एमाले अधिवेशन : उम्मेदवारी दर्तापछि भोट माग्दै (तस्बिरहरु)
सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश अधिवेशनमा सर्वसम्मत तरिकाले नेतृत्व चयनको प्रयास गरे पनि सफल हुन नसकेपछि मतदानबाट नेतृत्व छनोटको प्रक्रिया अघि बढेको छ ।
मतदानबाटै नेतृत्व चयन गर्ने निधो भएसँगै अहिले उम्मेदवारी दर्ता भइरहेको छ । निर्वाचन अधिकृत मातृका यादवले रातोपाटीलाई दिएको जानकारी अनुसार अहिलेसम्म अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ ।
यामलाल कँडेलको टिमबाट अध्यक्षमा सल्यानका गुलावजंग शाह, गोरख बोगटीको टिमबाट कालिकोटका मिनबहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै प्रदेशसभाका पूर्व सभामुख राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गर्ने प्रक्रिया अझै जारी छ ।
उम्मेदवारी दर्ता पश्चात् केही उम्मेदवारले भोट माग्न सुरु गरिसकेका छन् भने कोही कार्यक्रम स्थलमै देखिएका छैनन् ।
उम्मेदवार गुलावजंग शाहले टिम बनाएर भोट माग्न सुरु गरिसकेका छन् ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण