एसियाली खेलकुद : नेपाल सेमिफाइनलमा प्रवेश
काठमाडौँ । चीनको हान्झाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनल प्रवेश गरेको छ ।
चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा आज भएको क्वाटरफाइनल खेलमा आफ्नो समूहमा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।
नेपालका सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र सङ्गिन भट्टराई सम्मिलित नेपाली टिमले ५४ मिनेट ४ दशमलव ८४२ सेकेण्डको समय लगाउँदै समूह सीमा दोस्रो भएको हो । यस समूहमा हङकङ शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको छ ।
प्यालेस्टाइन र साउदी अरेबिया भने यस समूहबाट बाहिरिएको छ । यसअघि पहिलो चरणमा नेपाल आफ्नो समूहमा दोस्रो भएको थियो । तर दोस्रो हुने मध्येबाट पनि उत्कृष्ट बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।
यस्तै आजै भएको क्वाटरफाइनलअन्तर्गत समूह ‘ए’बाट दक्षिण कोरिया र थाइल्याण्ड, समूह ‘बी’बाट आयोजक चीन र चाइनिज ताइपेई तथा समूह ‘डी’बाट जापान र इन्डोनेसियाले सेमिफाइनलमा स्थान बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण