बुटवल उद्योग वाणिज्य संघ अधिवेशन : अर्याल र श्रेष्ठको नेतृत्वमा छुट्टाछुट्टै प्यानल घोषणा
बुटवल । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको ७० औ वार्षिक साधारण तथा २५ औ अधिवेशनमा असोज १९ गतेदेखि सुरु हुँदैछ । संघको चुनावलाई यस क्षेत्रका उद्योगी व्यापारीहरूले चासोका साथ हेरेका छन् । चुनावमा नयाँ नेतृत्वको लागि अहिले दुई समूह बनाएर मैदान जाने तयारी भएको छ । त्यसका लागि उम्मेदवारहरुले पनि पत्रकार सम्मेलनमार्फत दुई प्यानल घोषणा गरेका छन् ।
व्यवसायीहरू दुई छुट्टाछुट्टै समूह बनाएर आन्तरिक प्रचारप्रसार तथा भेटघाटमा जुटिरहेका छन् । संघका पूर्व वाणिज्य उपाध्यक्ष तथा यस अघिका अध्यक्षका प्रत्याशी हरिप्रसाद अर्याल र वरिष्ठ उपाध्यक्ष दिनेशकुमार श्रेष्ठले छुट्टाछुट्टै समूह बनाएर आफूलाई जिताउन आग्रह गर्दै प्रचार प्रसार अगाडि बढाइरहेका छन् ।
तीन वर्षे कार्यकालको नयाँ नेतृत्वका लागि शुक्रबार श्रेष्ठले प्यानल घोषणा गरेका थिए भने शनिबार अर्याल नेतृत्वको प्यानलले उम्मेदवारी घोषणा गरेको छ । अर्यालको अध्यक्षतामा वरिष्ठ उपाध्यक्षमा टकप्रसाद गैरे, उद्योग उपाध्यक्षमा सुरज भट्टराई, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई श्रेष्ठ , महासचिवमा मुक्ति अधिकारी, कोषाध्यक्षमा वसन्तप्रसाद ढकाल, सचिवमा भेषराज गैरे तथा सह–कोषाध्यक्षमा धनाकुमारी खनाल रहने गरी उम्मेदवारी घोषणा गरिएको छ ।
त्यस्तै श्रेष्ठ नेतृत्वको प्यानल अन्तर्गत वरिष्ठ उपाध्यक्षमा टक गैरे, उद्योग उपाध्यक्षमा नवीन श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई, महासचिवमा बाबुराम विक, कोषाध्यक्षमा प्रकाशकुमार श्रेष्ठ र सचिवमा प्रतीक पौडेललाई अघि सारेर चुनावी प्रतिस्पर्धा गर्ने तयारी गरिएको छ । वरिष्ठ उपाध्यक्षको उम्मेदवार रूपमा खुलेका गैरे र वाणिज्य उपाध्यक्षमा खुलेका भट्टराईलाई अर्याल नेतृत्वको प्यानलले पनि आफ्नो समूहमा राखेको छ ।
अध्यक्ष पदका उम्मेदवार अर्यालले बुटवलको बजारलाई थप चलायमान बनाई आर्थिक सहरको रूपमा विकास गरिने उल्लेख गरेका छन् । त्यस्तै श्रेष्ठले कर तथा व्यवसायीका समस्याहरुलाई सम्बोधन गर्ने बताएका छन् । संघमा एक हजार ७ सय ७८ व्यवसायी आवद्ध छन् । १९ गते उद्घाटन हुने संघको अधिवेशनमा २० गते मनोनयन र २३ गते मतदान हुने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण