एमाले कोशी प्रदेश अधिवेशन : विनोद ढकाल र घनश्याम खतिवडाको अध्यक्षमा उम्मेदवारी
विराटनगर । नेकपा एमाले कोशी प्रदेश अध्यक्षका लागि नेताहरु विनोद ढकाल र घनश्याम खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदका लागि खतिवडा र ढकालको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
ढकालको प्रस्तावकमा मुकेश बुढाथोकी र समर्थकमा महेश भट्टराई रहेका छन् । यस्तै खतिवडाको प्रस्तावकमा रामप्रसाद दंगाल र समर्थकमा छत्रपति प्याकुरेल छन् ।
अन्य पदका लागि उम्मेदवारहरुले मनोनयन दर्ता भइरहेको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारी दर्ता भइसकेपछि आजै उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने कार्यसूची छ ।
नेतृत्व चयनका लागि आइतबार बिहान ११ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । प्रदेश समितिमा अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव निर्वाचित हुनेछन् । एमाले कोशी प्रदेश समिति पदाधिकारीसहित २१५ सदस्यीय हुनेछ ।
अध्यक्षमा उम्मेदवारी दिएका ढकाल विराटनगर निवासी हुन् भने खतिवडा लेटाङका हुन् । एमाले कोशीको अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण