२०८४ मा एक्लै लडेर बहुमत ल्याउँछौ : जनार्दन शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले २०८४ को निर्वाचन बहुमत ल्याउने गरि पार्टी निर्माण अभियानमा लागेको बताएका छन्।
माओवादीको विराटनगर महानगरपालिका समितिले विराटनगरमा गरेको कार्यक्रममा बोल्दै माओवादी केन्द्रका उपमहासचिव शर्माले अबको निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने बताए।
‘कहिले यो दल र कहिले त्यो दलसँग गठबन्धन गर्दा पार्टीलाई क्षति भएको छ। भिमकाय पार्टी टुटफुट भएर सानो भएको छ’ उनले भने, ‘हाम्रै बलबुतामा यसलाई बलियो बनाउने हो । अहिलेको सरकारले इतिहासकै लोकप्रिय काम गरेको छ।हामी यसको बलमा अझै बलियो बन्छौ।’
अबको निर्वाचनमा एक्लै लड्ने र बहुमत ल्याउने गरि लड्ने उनको दावी छ। दशै तिहारका बेलामा समेत पार्टी अभियान नरोक्ने उनले बताए।
‘हामी चाडपर्वमा समेत जनताको घरमा जान्छौ।तीन महिने जनतासँग माओवादी रुपान्तरण अभियान रोकिँदैन’ उनले भने, ‘हामी जनताबाट टाढा रहदैनौ।जनताका कुरा सुन्छौ र काम गर्छौं।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण