मिसेस् युनिभर्समा नेपालको प्रतिनिधित्व गर्दै विमला फिलिपिन्स प्रस्थान
लन्डन । अक्टोबरमा ८ तारिख फिलिपिन्समा हुने ४६औँ मिसेस् युनिभर्स प्रतियोगिताको ग्राण्ड फिनालेमा भाग लिन विमला बुढाथोकी फिलिपिन्स प्रस्थान गरेकी छन् ।
विश्वभरका सयभन्दा बढी मुलुकको सहभागिता रहने बताइएको 'मिसेस युनिभर्स २०२३' मा सहभागिता जनाउन उनी आज लन्डनबाट बहराइन हुँदै फिलिपिन्स प्रस्थान गरेकी हुन् । उनलाई लन्डन फेसन हाउसकी डाइरेक्टर डंगोललगायत सम्पूर्ण टिमले बधाई दिँदै विमानस्थलमा बिदाइ गरेका थिए ।
लन्डन फेसन हाउसले गत साता गरेको 'कोरोनेसन नाइट' मा उनलाई टुडेज वुमेनकी प्रेसिडेन्ट मनीषा डङ्गोल र मिसेस् नेपाल युनिभर्स २०२२ की विजेता सन्नी शाहीले मिसेस् नेपाल युनिभर्स २०२३ को ताज लगाइदिएका थिए ।
ताजसँगै उनले फिलिपिन्समा प्रतिस्पर्धाको अवसर पाएकी हुन् । ८ अक्टोबरमा हुने ग्रान्ड फिनाले अघि विमलाले १ अक्टोबर आइतबारदेखि निरन्तर विभिन्न प्रशिक्षण र क्रियाकलापमा भाग लिनेछन् ।
नेपालको झन्डा बोकेर लन्डनस्थित हिथ्रो विमानस्थलबाट फिलिपिन्स लाग्दै गर्दा विमलाले भनिन्, ‘नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकोमा भाग्यमानी ठानेकी छु । विभिन्न मुलुकका सुन्दरीहरुसँग अन्तरक्रिया र प्रतिस्पर्धा गर्न पाउँदा निकै उत्साहित छु ।’
सन् २०१० देखि बेलायत बस्दै आएकी विमलाले ट्राभल टुरिजम एन्ड हस्पिटालिटी म्यानेजमेन्टमा ब्याचलर्स गरेकी छन् । क्याबिन क्रुको तालिम समेत लिएकी विमलाले नेपाल छँदा दुई वर्ष सिंगापुर एअरलाइन्स्मा काम गरेकी थिइन् ।
हाल उनी बेलायतको एक प्रतिष्ठित क्याफे चेन ‘प्रेट अ मंगर’ मा म्यानेजरका रूपमा कार्यरत छिन्। तीन वर्षीय छोरी र श्रीमानसहित बेलायत बस्दै आएकी विमला नेपाली समाजका विभिन्न इभेन्ट्स तथा सामाजिक कार्यमा आबद्ध रहनुका साथै च्यारिटी संस्थासँग पनि सहकार्य गर्दै आएकी छन् । बेलायतमा समेत नेपाली कला, संस्कृतिलाई प्रवर्धन गर्ने उनको चाहना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण