ट्राफिक प्रहरीलाई जनस्तरबाट सहयोग र सद्भाव आवश्यक छः प्रहरी महानिरीक्षक
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सडकमा यातायात व्यवस्थापन गर्ने ट्राफिक प्रहरीलाई जनस्तरबाट सहयोग र सद्भावको आवश्यकता रहेको बताएका छन् ।
आइतवार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० लाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले यस्तो बताएका हुन् । उनले विभिन्न अध्ययनहरुले १४ घण्टासम्म सडकमा उभिएर ट्राफिक व्यवस्थापन गर्दा ट्राफिक प्रहरीहरुको स्वास्थ्यमा जोखिम बढी देखिएको बताए ।
उनले जीवन जोखिममा राखेर काम गर्ने ट्राफिक प्रहरीलाई सर्वसाधरण जनता तथा सरोकारवालहरुको सदभाव सहयोग आवश्यक रहेको बताए । विभिन्न अध्ययनहरुले १४ घण्टासम्म सडकमा उभिएर ट्राफिक व्यवस्थापन गर्दा ट्राफिक प्रहरीहरुको स्वास्थ्यमा जोखिम बढी देखिएको उनको भनाइ छ ।
उनले सडक दुर्घटनाका कारक तत्वहरु पैल्याएर भरपर्दो तथ्याङ्क विश्लेषणसहित नियन्त्रणका उपायहरु लगाउन सकिएमा क्षेती न्युनिकरण र सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्न सकिने बताए । उनले प्रहरीले दुई वर्षको कार्ययोजनामा ट्राफिक व्यवस्थापनलाई प्रविधियुक्त बनाई प्रणालीगत सुधार गर्ने लक्ष्य राखेको दाबी गरे ।
महानिरीक्षक कुँवरले बढ्दो शहरीकरण,बढ्दो जनघनत्वका कारण पूर्वाधार निर्माणको अभाव,यातायातका साधनको तिब्र वृद्धिका साथै मानवीय र वातावरणीय यान्त्रिकको संयोग नै सडक दुर्घटनाको कारक तत्व बनेको उल्लेख गर्नुभयो । उहाँले आर्थिक वर्ष २०७९÷०८० सम्ममा १८ लाख बढी सवारी साधन दर्ता भएको ती मध्ये १४ लाख सवारी साधन दैनिक काठमाडौं उपत्यकामा गुड्ने गरेको बताए ।
उनले नेपाल प्रहरीमा काजमा अन्यन्त्र नपठाउने नीति भए पनि सडक पूर्वाधार यान्त्रिक पूर्वाधारको कमीको कारण ट्राफिक प्रहरी अपवाद बन्न पुगेको उल्लेख गरे । कुँवरले काठमाडौं उपत्यकामा १३१३ दरबन्दी रहेकोमा त्यो भन्दा ६३ प्रतिशत बढी १८२२ जना जनशक्ति परिचालन गरिएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण