सिरहामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २५ घाइते
आइतबार, १४ असोज २०८०, १८ : ४१
जनकपुरधाम । सिरहामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो सप्तरी राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना४ख ७१८७ नम्बरको यात्रुबाहक बस स्प्रिङ पट्टा भाँचिएर मिर्चैयाको मारुती सिमेन्ट फैक्ट्री नजिक अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको हो ।
दुर्घटना अन्य २५ यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
उनका अनुसार दुईजना पुरुषको घटनास्थलमै मृत्यु भएको हो । मृतकको हालसम्म सनाखत हुन सकेको छैन ।
घाइतेहरूको गोलबजारस्थित हस्पिटलहरुमा उपचार भइरहेको डिएसपी बस्नेतले बताए ।
घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु
-
गण्डकी प्रदेशसभा : बजेटमाथि छलफल सुरु
-
एनआरएनएको बजेट घोषणा, संरक्षक परिषद्मा ५ जना नियुक्त (पूर्णपाठ)
-
आप्रवासीहरूको नागरिकता खोस्ने अभियान तीव्र बनाउँदैछ ट्रम्प प्रशासन
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ
-
दक्षिण एसियाका विज्ञहरूले चीनका बारेमा के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण