शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

काष्ठमण्डप पुननिर्माण समितिले कार्य सम्पन्न प्रतिवेदन महानगरपालिकालाई बुझायो

आइतबार, १४ असोज २०८०, २१ : ०७
आइतबार, १४ असोज २०८०

काठमाडौँ । काष्ठमण्डप पुननिर्माण समितिले काठमाडौँ महानगरपालिकालाई कार्य सम्पन्न प्रतिवेदन बुझाएको छ । समितिका अध्यक्ष राजेश शाक्यसहित पदाधिकारीले आइतबार काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई प्रतिवेदन बुझाएका हुन् ।  

पुननिर्माणसँग सम्बन्धित सहमति, नक्सा, प्राविधिक मूल्याङ्कन, आर्थिक विवरण प्रतिवेदनमा समावेश गरिएको छ । 

प्राप्त प्रतिवेदन अध्ययनका लागि सम्पदा तथा पर्यटन विभागका प्रमुख अर्चना श्रेष्ठ शाक्यलाई प्रदान गर्दै प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, विभागबाट प्रतिवेदन अध्ययन भएपछि छलफलका लागि सम्पदा पर्यटन समितिमा लगिने  बताए ।  यसपछि प्रमुख, उपप्रमुखसमक्ष छलफलका लागि प्रतिवेदन लगिनेछ । यसै क्रममा काष्ठमण्डप खुला गर्ने विषयमा छलफल हुनेछ । 

प्रतिवेदन बुझाउँदै समितिका अध्यक्ष शाक्यले, महालेखा परीक्षकले औँल्याएका विषयलाई मध्यनजर गर्दै आर्थिक विवरण पेश गरिएको जानकारी दिए । शाक्यका अनुसार महानगरपालिकाबाट उपलब्ध गराइएको ११ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको छ । काम भइसकेको भुक्तानी गर्न अब छत्तीस लाख छयासी लाख रुपैयाँ बाँकी छ । ‘महानगरपालिकाले काष्ठमण्डपको साँचो बुझेर भुक्तानी प्रक्रिया अगाडि बढाइदिनु पर्‍यो’, उनले भने । 

शाक्यको प्रस्तावपछि प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, कागजपत्र बुझेर अध्ययन गरिसकेपछि मात्र साँचो बुझ्ने प्रक्रिया अगाडि बढाइने बताए । 

२०७२ सालको भूकम्पले काष्ठमण्डप पूर्ण क्षति भएको थियो । यसको पुननिर्माणका लागि २०७५ साल वैशाख १८ गते जनप्रतिनिधि र स्थानीयको भेलाको निर्णयबाट तत्कालीन प्रदेश सभा सदस्य राजेश शाक्यको अध्यक्षतामा काष्ठमण्डप पुनर्निर्माण समितिको गठन भयो भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप