ब्याडमिन्टनमा नेपाल दुई स्पर्धाको प्रिक्वाटरफाइनलमा
चीन । एसियाली खेलकुद अन्तरगत ब्याडमिन्टनको मिक्स डबल्स र पुरुष डबल्समा नेपाल प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । दुवै स्पर्धामा नेपाल २–० को सोझो सेटमा विजयी भयो ।
बिन्जियाङ जिम्न्याजियममा भएको मिक्स डबल्समा नेपालका विष्णु कटुवाल र नङशल तामाङको जोडीले मंगोलियाका जोल्जाया मुख्बटार र खेर्लेन दरखान्बटारको जोडीलाई २१–१६ र २१–१७ को सोझो सेटमा पराजित गरे । अर्को मिक्स डबल्समा भने सिंगापुरका तेरी काइ यङ हि र हान वेइ जेशिका तानको जोडीले नेपालका जीवन आचार्य र निता लम्सालको जोडीमाथि २१–४ र २१–३ को सहज जित दर्ता गरे ।
पुरुष डबल्समा नेपालका जीवन आचार्य र विष्णु कटुवालको जोडीले माल्दिभ्सका निबल अहमद र अज्फान मोहम्मद रसिदको जोडीलाई सीधा सेटमा २१–१७ र २१–१८ ले हराए । सोही स्पर्धामा थाइल्यान्डका पिरात्चाई सुक्फुन र पाकापोन तिरारत्सकुलको जोडीले नेपालका प्रिन्स दाहाल र सुनिल जोशीको जोडीलाई २१–८ र २१–५ ले पन्छाए ।
पुरुष सिंगल्समा जापानका केन्टा निसीमोटोले नेपालका प्रिन्स दाहाललाई २१–१२ र २१–७ तथा थाइल्यान्डका कान्ताफोन वाङचारियोनले नेपालका सुनिल जोशीलाई २१–७ र २१–९ को सोझो सेटमा पाखा लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण