एमाले अधिवेशन
एमाले कोशी अध्यक्षमा घनश्याम खतिवडा विजयी
मङ्गलबार, १६ असोज २०८०, ०५ : ५५
विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा मोरङ लेटाङका घनश्याम खतिवडा विजयी भएका छन् । गए राति अबेर सम्पन्न मतगणनाको परिणाम अनुसार खतिवडा ८२ मतान्तरले अध्यक्षमा विजयी भएका हुन् ।
खतिवडाले ५१२ मत ल्याइ विजयी हुँदा उनका प्रतिस्पर्धी विनोद प्रसाद ढकालले ४३० मत ल्याए । ३५ मत बदर भएको छ ।
खतिवडा मोरङ १ बाट निर्वाचित पूर्व सांसद तथा नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य हुन् । ढकाल केन्द्रीय कमिटी सदस्य थिए ।
यस्तै सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई विजयी भएका छन् । सबैजना खतिवडाकै प्यानलबाट विजयी भएका हुन् ।
उपाध्यक्षमा भने धनकुटाका टिकराम चेम्जोङ सर्वसम्मत निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण