न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई हरायो
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको अभ्यास खेलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई डकवर्थ लुइस मेथडमा ७ रनले हराएको छ । वर्षाले प्रभावित खेलमा ३७ ओभरमा २ सय १९ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले ४ विकेटको क्षतिमा २ सय ११ रन मात्र बनाउन सक्यो ।
दक्षिण अफ्रिकाका लागि क्विन्टन डी ककले नटआउट रहँदै ८४ रन बनाए पनि टोलीलाई जीतसम्म डोर्याउन सकेनन् । रासी भान डर डुसेनले ५१ रनको योगदान दिए भने हेनरिक क्लासनले ३९ रन बनाए । न्युजिल्याण्डका लागि ट्रेन्ट बोल्टले २ विकेट तथा मिचेल स्यान्टनर र इस सोधीले १–१ विकेट लिए ।
यसअघि न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय २१ रन बनाएको थियो । न्युजिल्याण्डका लागि डेभन कनवेले सर्वाधिक ७८ रन बनाए । त्यस्तै, टम लेथमले ५२ रन तथा ग्लेन फिलिप्सले ४३ रनको पाली खेले । कप्तान केन विलियम्सले ३७ रन बनाए । दक्षिण अफ्रिकाका लागि लुंगी एन्गिडी र मार्को जानसनले ३–३ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण