न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई हरायो

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको अभ्यास खेलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई डकवर्थ लुइस मेथडमा ७ रनले हराएको छ । वर्षाले प्रभावित खेलमा ३७ ओभरमा २ सय १९ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले ४ विकेटको क्षतिमा २ सय ११ रन मात्र बनाउन सक्यो ।
दक्षिण अफ्रिकाका लागि क्विन्टन डी ककले नटआउट रहँदै ८४ रन बनाए पनि टोलीलाई जीतसम्म डोर्याउन सकेनन् । रासी भान डर डुसेनले ५१ रनको योगदान दिए भने हेनरिक क्लासनले ३९ रन बनाए । न्युजिल्याण्डका लागि ट्रेन्ट बोल्टले २ विकेट तथा मिचेल स्यान्टनर र इस सोधीले १–१ विकेट लिए ।
यसअघि न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय २१ रन बनाएको थियो । न्युजिल्याण्डका लागि डेभन कनवेले सर्वाधिक ७८ रन बनाए । त्यस्तै, टम लेथमले ५२ रन तथा ग्लेन फिलिप्सले ४३ रनको पाली खेले । कप्तान केन विलियम्सले ३७ रन बनाए । दक्षिण अफ्रिकाका लागि लुंगी एन्गिडी र मार्को जानसनले ३–३ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान सेनापतिले भने– संस्थाको हित प्रतिकूलका क्रियाकलापमा संलग्न रहने प्रवृत्ति अन्त्य गर्न प्रतिवद्ध छु
-
सोती घटनासम्बन्धी मुद्दाको सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
-
एनसेल प्रकरणमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए गठबन्धनको बैठक
-
प्रथम दृष्टिमै एनसेलमा अर्बौँ घोटाला भएको अनुमान गर्न सकिन्छ : महामन्त्री थापा
-
प्रदेशले दबाब बढाएपछि विधेयकको मस्यौदा पठाउन सबै मन्त्रालयलाई कानुन मन्त्रालयको ताकेता
-
यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ, तस्बिरहरू