बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बझाङमा भूकम्पपछि गएको पहिरोमा एक महिला बेपत्ता

मङ्गलबार, १६ असोज २०८०, २० : ४४
मङ्गलबार, १६ असोज २०८०

धनगढी । बझाङमा भूकम्पपछि गएको पहिरोमा परेर एक महिला बेपत्ता भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ ओखलीकी ४० वर्षीय गुनमति धामी बेपत्ता भएकी हुन् ।

टिमुर टिप्न जंगल गएकी उनी अबेरसम्म घर नफर्किएपछि खोजी गर्दा सो ठाउँमा पहिरो गएको पाइएको छ ।

धामीको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । भूकम्पपछिको पहिरोमा परेर धामी बेपत्ता भएकी हुन सक्ने बझाङका प्रहरी नायव उपरीक्षक भरत शाहले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप