शान्त बन्दै नेपालगन्ज, कर्फ्यु भने कायमै

बुटवल । बाँकेको नेपालगन्ज आज बिहानदेखि सामान्य बन्दै गएको छ । हिन्दु र मुस्लिम समुदायबीच भएको विवादले हिजो बिहानैबाट अशान्त रहेको नेपालगन्ज अहिले अहिले सामान्य बन्दै गए पनि तत्काल कर्फ्यु हट्ने अवस्था नभएको प्रशासनले जनाएको छ ।
बाँकेमा प्रमुख प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले अहिले अवस्था सामान्य बन्दै गएपछि तत्काल कर्फ्यु हट्ने अवस्था नभएको रातोपाटीलाई बताए ।
उनले भने अवस्था सामान्य बन्दै छ ठुलो झडप या समूह अहिले देखिँदैन, तर कर्फ्यु हटाउने अवस्था भने छैन । उनले सम्बन्धित पक्षहरू सँग छलफल र वार्ता प्रशासनले गरिरहेको बताए ।
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार असोज १४ गते आइतबार सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्ट्याटसको विषयलाई लिएर नेपालगन्जमा तनाव भएको हो । तनाव बढेपछि मङ्गलवार दिउँसो १ बजेदेखि अनिश्चित कालीन कर्फ्यु आदेश जारी गरिएको थियो ।
हिजो दिउँसो कर्फ्युका बीच पनि दुई पक्षबीच झडप हुँदा ३ जना सुरक्षाकर्मी र १० जना सर्वसाधारण घाइते भएका छन् । उनीहरूको नेपालगन्जका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार विभागको रिपाेर्ट : वैदेशिक व्यापार बढ्यो
-
ब्रेल लिपि सिर्जनाकाे २ सय वर्षः सजमा घुलमिल हुन सहयोग गरेको मालीका दृष्टिविहीनको भनाई
-
कसरी स्टारमय हुन पुग्यो कृषाको ‘पिताम्बर’ ?
-
प्रधानमन्त्रीसँग १० सांसदका १८ प्रश्नोत्तर (पूर्णपाठ)
-
५९ अधिकृत सरुवा हुँदा २१ जना गृह मन्त्रालयमा (सूची)
-
नेकपा (बहुमत) काठमाडौँले घोषणा गर्यो सरकारविरोधी दस्ता