चाडपर्वको मुखमा सार्वजनिक यातायातको भाडा बढाउन सकिँदैन : मन्त्री ज्वाला
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मुख्य चाडपर्वको मुखमा सार्वजनिक यातायातको भाडा बढाउन नसकिने प्रस्ट पारेका छन् । बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा मन्त्रालयको तर्फबाट चाडपर्व विशेष सार्वजनिक यातायात, सडक सुरक्षा र पूर्वतयारीको जानकारी दिँदै उनले यस्तो बताएका हुन् ।
दसैँ तिहारका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला गर्नुपर्ने भए पनि यातायात व्यवसायीहरूले भाडा वृद्धिको लबिङ गरिरहेको बताउँदै मन्त्री ज्वालाले मुख्य चाडपर्वको मुखमा भाडा बढाउन नसकिने प्रस्ट पारे ।
'दसैँ तिहार छठ जस्ता मुख्य चाडपर्वमा गाउँ जाने, घर जाने सर्वसाधारणका लागि कसरी सुरक्षित र भरपर्दो यात्रा गराउने भन्नेमा सरकार गम्भीर भएर लागेको छ । सडक सुरक्षालाई नै लिएर मन्त्रालयले दसैँ अघि नै मुख्य मुख्य राजमार्गहरू मर्मत कार्य अघि बढाएको छ' मन्त्री ज्वालाले भने, 'सँगै सहज यात्राका लागि दसैँ तिहारको अग्रिम टिकट बुकिङका लागि समेत मन्त्रालयले यातायात व्यवस्था विभागसँगको समन्वयमा यातायात व्यवसायीहरूसँग नियमित बैठक, तयारी गरिरहेको छ । तर, यातायात व्यवसायीहरूले भने भाडा वृद्धि गर्नुपर्ने माग राखिरहेको आफूले चाडपर्वको मुखमा भाडा वृद्धि गरेर सर्वसाधारण उपभोक्तालाई मारमा पार्न सकिँदैन । यसले राम्रो म्यासेज पनि जाँदैन ।'
तथापि, दसैँ तिहारकै लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला गर्न यातायात व्यवसायीसँग विभागले समन्वय गरिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेरी करिडोर : पुल र सडक कहिले होलान् पूरा ?
-
पर्वतको महाशिला: इतिहास र भूगोलको कुरा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण