शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लाका सामुदायिक विद्यालयमा महिनावारी आराम कक्ष निर्माण

बुधबार, १७ असोज २०८०, १५ : ०९
बुधबार, १७ असोज २०८०

जुम्ला । जुम्लाका सामुदायिक विद्यालयहरूमा नमुनाको रुपमा महिनावारी आराम कक्ष निर्माण गरिएको छ । स्थानीय सरकारसँगको समन्वयमा पेस नेपालले हिमा गाउँपालिका, कनकासुन्दरी र सिंजा गाउँपालिकाका  विद्यालयमा महिनावारी कक्ष स्थापना गरेको त्यहाँका परियोजना संयोजक हेमराज भट्टले जानकारी दिए ।  

विद्यालयमा बालिका महिनावारी हुँदा पेट दुखेमा वा असजिलो भएमा सो कक्षमा आराम गर्न मिल्ने बताइएको छ । बालिकालाई महिनावारी भएको समयमा सजिलो होस् भन्ने उद्देश्यले उक्त कक्ष निर्माण गरिएको उनको भनाइ थियो । 

कनकासुन्दरी गाउँपालिकाको लुड्कुस्थित कनकासुन्दरी माध्यामिक विद्यालय, सिंजा गाउँपालिकाको मावि चुलेल गाउँस्थित महादेव मावि गुठी, हिमा गाउँपालिकाको मष्ठामाडूस्थित अन्नपूर्ण माध्यामिक विद्यालय, महावैपाथलखोलास्थित भानु माध्यामिक विद्यालयमा उक्त आराम कक्ष निर्माण गरिएका हुन् । 

यसैगरी कालिकोट जिल्लाको नरहरी नाथ गाउँपालिका–३ स्थित नन्दादेवी माध्यामिक विद्यालय र रुपादेवी आधारभुत विद्यालयसमेतमा महिनावारी आराम कक्ष निर्माण गरिएको छ । 

उक्त कक्ष निमार्ण भएपछि छात्राहरूलाई महिनावारी कक्षमा  सेनीटरप्याड बदल्नेदेखी आराम गर्न सहज भएको सिंजा गाउँपालिका–२ का वडाध्यक्ष तीर्थ वडुले बताए । 

यो कार्यक्रम प्रभावकारी भएपछि  ती विद्यालयको आराम कक्षका लागि आवश्यक सामग्री खरिदका लागि उक्त संस्थाले रकम उपलब्ध गराएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप