एन्फाले बोलायो विशेष साधारण सभा, अध्यक्ष नेम्वाङको बर्खास्तीबारे निर्णय गर्ने
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आकस्मिक कार्यसमितिको बैठकले विशेष साधारण सभा बोलाउने निर्णय गरेको छ । बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा अध्यक्ष पंकज विक्रम नेम्वाङको अध्यक्षतामा सो बैठक बसेको हो ।
बैठकमा संघको ४० प्रतिशत सदस्य संस्थाहरुले भदौ २५ गते संघमा दर्ता गराएको संघको अध्यक्ष र महासचिवको बर्खास्तको प्रस्ताव उपर छलफल गरिएको थियो । सदस्य संस्थाहरुको माग बमोजिम आगामी कार्तिक २३ गते मकवानपुरको हेटौँडामा विशेष साधारण सभा आयोजना गरी एक मात्र विषय सूची अध्यक्ष पंकज विक्रम नेम्वाङको बर्खास्ती सम्बन्धमा निर्णयार्थ पेश गर्ने निर्णय भएको प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
महासचिव किरण राईको बर्खास्तीको प्रस्तावको मागको सम्बन्धमा एन्फाको विधान अनुरुप महासचिवको नियुक्ती र बर्खास्तीको सम्बन्धमा अध्यक्षको प्रस्ताबमा मात्र कार्यसमितिले निर्णय गर्ने अधिकार क्षेत्र भित्र पर्ने भएको हुँदा महासचिवको बर्खास्तको प्रस्ताव पेश हुँदा संघको विधानको उल्लंङ्घन हुने भएकोले उक्त प्रस्तावलाई विशेष साधारण सभामा प्रस्तुत नगर्ने निर्णय भएको छ ।
त्यस्तै बैठकले फिफा वर्ल्ड कप छनौट चरण तयारीका लागि संघका उपाध्यक्ष दीपक खतिवडालाई संयोजनको जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।
शाहका अनुसार प्रतियोगिताको टिकेटिङ संघले नै गर्ने, टिकट दर सामान्य पारापिटतर्फ रु ३०० र भीआइपी पारापिटतर्फ रु ५०० कायम गर्ने र टिकट व्यवस्थापन गर्नका लागि एन्फा केन्द्रिय सदस्यहरु पुरुषोत्तम थापा, विकास नारायण श्रेष्ठ र प्रवक्ता सुरेश शाहलाई जिम्मेवारी प्रदान गर्ने निर्णय भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण