मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

पीएसजीको लज्जास्पद हार

बिहीबार, १८ असोज २०८०, ०८ : २७
बिहीबार, १८ असोज २०८०

सेन्ट जेम्स पार्क । फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिगमा लज्जास्पद हार बेहोरेको छ । प्रिमियर लिग क्लब न्युक्यासलले पीएसजीलाई ४–१ को गोलअन्तरले हराएको हो ।

सुपरस्टार किलियान एम्बाप्पेसहित मैदानमा उत्रेको पीएसजी खेलको १७ औँ मिनेटमा नै पछि परेको थियो । मिगेल अल्मिरोनले न्युक्यासललाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यतिर ड्यान बर्नले टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफ सुरु हुने बित्तिकै सन लङस्टाफले अर्को गोल थपे । ५६ औँ मिनेटमा लुकास हर्नान्डेजले पीएसजीका लागि एक गोल फर्काए पनि त्यो सान्त्वना गोल मात्र बन्न पुग्यो ।  इन्जुरी समयमा फाबियन स्कारले न्युक्यासलका लागि चौथो गोल थप्दै टोलीलाई शानदार जीत दिलाए ।

समूह एफकै अन्य खेलमा बोरुसिया डर्टमण्ड र एसी मिलानले बराबरी खेलेपछि न्युक्यासल ४ अङ्क बटुल्दै शीर्ष स्थानमा उक्लेको छ । पीएसजी ३ अङ्कसहित दोस्रो रहेको छ भने मिलान २ अङ्कसहित तेस्रो छ । डर्टमण्डको मात्र १ अङ्क रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप