पीएसजीको लज्जास्पद हार
सेन्ट जेम्स पार्क । फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिगमा लज्जास्पद हार बेहोरेको छ । प्रिमियर लिग क्लब न्युक्यासलले पीएसजीलाई ४–१ को गोलअन्तरले हराएको हो ।
सुपरस्टार किलियान एम्बाप्पेसहित मैदानमा उत्रेको पीएसजी खेलको १७ औँ मिनेटमा नै पछि परेको थियो । मिगेल अल्मिरोनले न्युक्यासललाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यतिर ड्यान बर्नले टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफ सुरु हुने बित्तिकै सन लङस्टाफले अर्को गोल थपे । ५६ औँ मिनेटमा लुकास हर्नान्डेजले पीएसजीका लागि एक गोल फर्काए पनि त्यो सान्त्वना गोल मात्र बन्न पुग्यो । इन्जुरी समयमा फाबियन स्कारले न्युक्यासलका लागि चौथो गोल थप्दै टोलीलाई शानदार जीत दिलाए ।
समूह एफकै अन्य खेलमा बोरुसिया डर्टमण्ड र एसी मिलानले बराबरी खेलेपछि न्युक्यासल ४ अङ्क बटुल्दै शीर्ष स्थानमा उक्लेको छ । पीएसजी ३ अङ्कसहित दोस्रो रहेको छ भने मिलान २ अङ्कसहित तेस्रो छ । डर्टमण्डको मात्र १ अङ्क रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण