धनुषाको कमला नगरपालिकामा शुक्रवार सार्वजनिक बिदा
जनकपुरधाम । धनुषाको कमला नगरपालिकाले शुक्रवार सार्वजनिक बिदा दिएको छ । मधेसका महिलाहरूले मनाउने महान् पर्व जितिया पर्वको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।
नगरपालिकाकाका मेयर विश्वेश्वरप्रसाद यादवले आज एक सूचना जारी गर्दै कार्यालय र सो अन्तर्गतका सम्पूर्ण कार्यालयहरूमा शुक्रवार सार्वजनिक बिदा दिएका छन् ।
साथै सो पर्वका अवसरमा जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका सम्पूर्ण संस्थागत विद्यालयहरू समेत बन्द हुने भएका छन् । प्याब्सन र एन प्याब्सन धनुषाले सो पर्वको अवसरमा बिदा दिने निर्णय गरेका हुन् ।
एन प्याब्सनका अध्यक्ष दीपककुमार ठाकुर र एन प्याब्सनका अध्यक्ष रवीन्द्र चौधरीले एक सूचना जारी गर्दै जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका सबै बोर्डिङ स्कुलहरू बिदा हुने जानकारी दिएका छन् ।
उपमहानगरभित्रका संस्थागत विद्यालयहरूमा बिदा दिने सूचना जारी भए पनि सार्वजनिक विद्यालयमा भने बिदा दिइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण