बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

६० किलो सुन प्रकरणमा रुक्मिना सुब्बालाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश

शुक्रबार, १९ असोज २०८०, २० : ००
शुक्रबार, १९ असोज २०८०

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले ६० किलो सुन प्रकरणमा भन्सार एजेन्ट रुक्मिना सुब्बालाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

थुनछेक बहस सकिएपछि शुक्रबार जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले सुब्बालाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

सुन प्रकरणमा २६ जना थुनामा छन् । काठमाडौँ जिल्ला अदालतमा ६० किलो सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी कायम गरेर मुद्दा दायर भएको छ । तीमध्ये ३ जना फरार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप