बुटवल उद्योग वाणिज्य संघको अधिवेशन : अध्यक्षमा श्रेष्ठ र अर्यालको उम्मेदवारी
बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आगामी नेतृत्वको लागि अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ । संघको ७० औँ वार्षिक साधारण सभा तथा २५ औँ अधिवेशन अन्तरगत सोमबार निर्वाचन हुँदैछ ।
अधिवेशनबाट आगामी कार्यकालको नेतृत्व लिनको लागि अध्यक्ष पदमा दिनेशप्रसाद श्रेष्ठ र हरिप्रसाद अर्यालको उम्मेदवारी परेको हो । श्रेष्ठ मौजुदा कार्यसमितिको वरिष्ठ उपाध्यक्ष र अर्याल पूर्व वाणिज्य उपाध्यक्ष हुन् ।
वरिष्ठ उपाध्यक्ष पदमा टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्ष पदमा विमलराज भट्टराईको एकल उम्मेदवारी परेको छ । उद्योग उपाध्यक्ष पदमा नविनप्रसाद श्रेष्ठ र सुरज भट्टराई, महासचिव पदमा बाबुराम विक र मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष पदमा वसन्तप्रसाद ढकाल र प्रकाशकुमार श्रेष्ठ, सचिव पदमा भेषराज गैरे र प्रतीक पोखरेल तथा सहकोषाध्यक्ष पदमा धनकुमारी खनाल र जाकिर हुसेनको उम्मेदवारी परेको छ ।
एक एसोसिएट सदस्य पदमा दुई जनाको उम्मेदवारी परेको छ । एसोसिएट सदस्य पदमा बालकृष्ण पौडेल र राजु खरेलको उम्मेदवारी परेको छ ।
त्यसैगरी ४ उद्योग सदस्य पदमा ८ जनाको उम्मेदवारी परेको छ । उद्योग सदस्य पदमा दीपकप्रसाद चापागाई, ज्ञानबहादुर पुन, कृष्णप्रसाद पाण्डे, नेत्रप्रसाद पाण्डे, निर्मित कसजू, सुनिता शर्मा वञ्जाडे, सुमोदमान सैंजू र सुर्य पराजुलीको उम्मेदवारी परेको छ ।
४ वाणिज्य सदस्य पदमा पनि ८ जनाको उम्मेदवारी परेको छ । वाणिज्य सदस्य पदमा गणेशप्रसाद भट्टराई,काशिराम शर्मा पौडेल, कृष्णप्रसाद श्रेष्ठ (कुलप्रसाद), लोकनाथ पाण्डे, रामबहादुर भण्डारी, टिकाराम वञ्जाडे, त्रिविक्रम श्रेष्ठ र सतिष कसौधनको उम्मेदवारी परेको छ ।
७ खुल्ला सदस्य पदमा १४ जनाको उम्मेदवारी परेको छ । खुल्ला सदस्य पदमा विष्णु घिमिरे पन्त (कमला), विष्णुप्रसाद पौडेल, विनय कसौधन, दीपक घिमिरे, दीप आचार्य, इञ्जल महमद मिया जगन्नाथ न्यौपाने, लक्ष्मण ज्ञवाली, नारायणप्रसाद श्रेष्ठ, नारायण रायमाझी, प्रदीप शाक्य,माधवप्रसाद भुसाल, सवर मिया र उमेश अमात्यको उम्मेदवारी परेको छ । प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिएका छन् । श्रेष्ठ र अर्यालको टिम अहिले प्यानल बनाएर भोट माग्नको लागि उद्योगीको घर दैलोमा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
-
राहदानी छपाइमा १० अर्ब १३ करोडको भ्रष्टाचारः कसलाई कति बिगो मागदाबी ?
-
अन्योलमै बित्यो दिन, न सुरु भयो बन्दसत्र न प्रकाशन भयो नामावली (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण