इजरायल–हमास सङ्घर्ष बीच हिजबुल्लाहले के भने ?
आइतबार, २१ असोज २०८०, १४ : २९
लेबनानमा भएको सङ्गठन हिजबुल्लाहले इजरायलको माउन्ड डोभमा भएको हमलाको जिम्मेवारी लिएको छ । माउन्ट डोभ इजरायल, लेबनान र सिरियाबिच विवादित क्षेत्र हो ।
इरान समर्थित चरमपन्थी सङ्गठन हिजबुल्लाहले यो हमला ‘प्यालेस्टिनीको प्रतिरोधको समर्थन’ मा गरेको बताएको छ । हिजबुल्लाहको यो हमलामा इजरायलको सेनाले जवाफ दिएको छ ।
इजरायलले जबालरस इलाकामा हिजबुल्लाहको शिविरमा ड्रोन हमला गरेको छ । यसअघि इजरायलले लेबनानी इलाकामा मोर्टारमार्फत् हमला गरेको छ ।
सन् २००६ मा यो इलाकामा हिजबुल्लाह र इजरायलबिच सङ्घर्ष चलेको थियो ।
तर त्यसपछि यहाँ शान्ति थियो । तर हिजबुल्लाहको हमला र त्यसपछि इजरायलको जवाफी कारवाहीले यहाँ तनाव पुनः बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण