सशस्त्र प्रहरीद्वारा मधेसमा ६ महिनामा २४ करोडको सामान बरामद
धनुषा । सशस्त्र प्रहरीले मधेस प्रदेशमा तस्करी नियन्त्रणमा सक्रियता देखाएको छ । तराईका जिल्लाका नेपाल–भारत सिमानाकाबाट सशस्त्रले पछिल्लो ६ महिनाको अवधिमा २४ करोड बढीको सामान नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नम्बर–२ छिन्नमस्ता बाहिनी र मातहतका इकाईहरूले भन्सार छलेर नेपालतर्फ ल्याएर लुकाएर राखेको र ल्याउँदै गरेको अवस्थामा सामान बरामद गरेको हो । २०७९ चैत्र देखि २०८० भदौ १५ सम्ममा २० करोड ७७ लाख मूल्य बराबरको किराना सामान, लत्ताकपडा र सवारी साधन भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
सो अवधिमा १ करोड १ लाख ४४ हजार ३ सय ९३ रुपैयाँ बराबरको पशुचौपाया, श्रोत नखुलेको नेपाली रुपैयाँ ९९ लाख र २८ लाख १७ हजार भारतीय रुपैयाँ बरामद गरिएको छ । पछिल्लो ६ महिनामा ७९ लाख ४२ हजार ६ सय ५० रुपैयाँ बराबरको काठ र ८ लाख ४८ हजार मूल्यको सुनचाँदीका गहना बरामद गरिएको छ ।
पछिल्लो ६ महिनामा सशस्त्र प्रहरीले तराईका जिल्लाबाट १ हजार ३ के.जी. गाँजा, ३७ केजी चरेस र ५ हजार ट्याब्लेट नुर्फिन, फेनारगन र डाइजेपाम जस्ता लागुऔषध बरामद गरेको छ ।
६ महिनाको अवधिमा ४ नाल हतियार, २० थान गोली, २ वटा म्याग्जिन र १२ वटा कार्टिज बरामद गरिएको छ । भारतमा बेचबिखन गर्न लैजाँदै गरेको अवस्थामा २० जना नेपाली चेलीबेटीलाई तराइका जिल्लाबाट उद्धार गरिएको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । किशोरी र महिलालाई बेचबिखन गर्न लिएर जाँदै गरेका १ सय १० जनालाई सशस्त्रले पक्राउ गरेर स्थानीय प्रहरीलाई बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने
-
विश्वकप फाइनलको संघारमा कोलकातामा मेसी फोबिया
-
दक्षिणपन्थीसँग साँठगाँठ गरेर पार्टी प्रतिष्ठामा आँच नपुर्याउन झलनाथको आग्रह
-
इरान अझै लामो दूरीका हतियार प्रयोग गर्न तयार देखियाे : अमेरिकी सुरक्षा विश्लेषक
-
विश्वकप फाइनलमा किन अर्जेन्टिना हारोस् भनिरहेको छ ल्याटिन अमेरिका ?
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण