चाडपर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना
काठमाडौँ । काठमाडौँ उपत्यकाको १३ स्थानमा यात्रु सहायता कक्षको स्थापना गरेको छ ।
दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायी र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार काठमाडौँ उपत्यकाको १३ स्थानमा यात्रु सहायता कक्षको स्थापना गरेका हुन् ।
यात्रुको सहज आवतजावत, सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटनारहित बनाउने उद्देश्यले यातायात व्यवसायीहरुको सहभागितामा यात्रु सहायता कक्षको स्थापना गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
काठमाडौँ उपत्यकाको सुन्धारा, नागढुंगा, कलंकी, नयाँबसपार्क, चाबहिल, कोटेश्वर, बल्खु, भक्तपुरको जगाती लगायतका १३ स्थानमा यात्रु सहायता कक्षको स्थापना गरिएको हो ।
यात्रु सहायता कक्षमा खटिएको टोलीले तोकिएको भाडादरभन्दा बढी भाडा लिए/नलिएको, लामो दूरीका सवारी साधनमा २ जना चालक भए/नभएको चेक गर्ने, काउण्टरमा भाडादर टाँस्न लगाउनुका साथै सवारी साधनको क्षमताभन्दा बढी यात्रु राख्ने, टिकटमा कालो बजारी गर्ने र यात्रुलाई गन्तव्यमा नपुर्याई बाटोमै अलपत्र पार्ने जस्ता कार्यको निगरानी राख्नेछ ।
यस्तै नाकामा थप जनशक्ति परिचालन गरी विशेष चेकजाँचको व्यवस्था मिलाई यात्रुलाई पर्नसक्ने समस्या समाधान गरिने पनि प्रवक्ता भट्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण