पूरा होला त विश्वकपमा पहिलो पटक पाकिस्तानलाई हराउने श्रीलंकाको सपना ?
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको मंगलबार हुने पाकिस्तानविरुद्धको खेलमा श्रीलंकाले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ । पाकिस्तान र श्रीलंकाबीचको खेल हैदराबादस्थित राजीव गान्धी इन्टरनेशनल स्टेडियममा दिउँसो २ः१५ बजे सुरु हुनेछ ।
आईसीसी एकदिवसीय विश्वकपको पहिलो संस्करण सन् १९७५ मा आयोजना भएको थियो । त्यसयता ४८ वर्षको अवधिमा एकदिवसीय विश्वकपको १२ वटा संस्करण सम्पन्न भइसकेको छ । यसबीचमा टेस्ट मान्यता पाएका सबै राष्ट्रले एकअर्कासँग भिडन्त गरिसकेका छन् ।
श्रीलंका र पाकिस्तानले पनि पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागिता जनाउँदै आएका छन् । तर, एकदिवसीय विश्वकपको इतिहासमा हालसम्म श्रीलंकाले पाकिस्तानलाई भने हराउन सकेको छैन । विश्वकपमा पाकिस्तान र श्रीलंकाबीच खेल हुँदा सधैँ पाकिस्तानले नै सफलता हात पार्ने गरेको छ ।
विश्वकपमा पाकिस्तान र श्रीलंकाबीच हालसम्म आठ खेल खेलिएको छ । त्यसमध्ये सात खेलमा पाकिस्तानले श्रीलंकालाई हराएको छ । विश्वकपमा खेलिएको पाकिस्तान र श्रीलंकाबीचको एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।
सबैभन्दा पहिले सन् १९७५ को एकदिवसीय विश्वकपमा पाकिस्तानले श्रीलंकालाई एक सय ९२ रनले हराएको थियो । सन् १९८३ को विश्वकपमा पाकिस्तान र श्रीलंकाबीच दुई वटा खेल खेलिएको थियो । त्यो विश्वकपको पहिलो खेलमा पाकिस्तान ५० रनले विजयी भएको थियो भने दोस्रो खेल पनि पाकिस्तानले ११ रनले जितेको थियो ।
त्यसपछि सन् १९८७ को विश्वकपमा पनि पाकिस्तान र श्रीलंकाबीच दुई वटा खेल भएको थियो । पाकिस्तानी टोली पहिलो खेलमा १५ रन र दोस्रो खेलमा एक सय १३ रनले विजयी भएको थियो । सन् १९९२ को विश्वकपमा पनि पाकिस्तानले श्रीलंकालाई चार विकेटले हराएको थियो ।
यसैगरी सन् २०११ को विश्वकपमा पाकिस्तानले श्रीलंकालाई ११ रनले पराजित गरेको थियो । सन् २०१९ को विश्वकपमा भने पाकिस्तान र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको थियो । जारी विश्वकपमा मंगलबार पाकिस्तान र श्रीलंका पुनः एकपटक आपसमा भिड्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण