मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
राखेपमा यसरी स्वागत गरियो पदक विजेता खेलाडीको, तस्बिरहरु
एसियाली खेलकुद

राखेपमा यसरी स्वागत गरियो पदक विजेता खेलाडीको, तस्बिरहरु

मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । चीनमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा एक रजत र एक कांस्य पदक विजेता नेपाली खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा भव्य स्वागत गरिएको छ । 

सोमबार नेपाल फर्किएका खेलाडीहरुलाई राखेपमा स्वागत तथा सम्मान गरिएको हो । उनीहरुलाई समर्थक एवं परिवारका सदस्यले स्वागत गरेका हुन् । सो अवसरमा परिवारका सदस्यले पनि पदक विजेता खेलाडीहरुसँग फोटो खिचेका थिए ।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले विशेष स्कर्टिङसहित राखेप कार्यालय लगेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया