डेंगु सङ्क्रमित ह्वात्तै बढे : दुई दिनमा १५ सय भन्दा बढी नयाँ केस
काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमितको संख्या ह्वात्तै बढेको छ । गएको दुई दिनमा १५ सय बढी सङ्क्रमित भएका छन् । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार हालसम्म ३६ हजार ७४४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । दुई दिन अघि ईडीसीडीले प्रकाशन गरेको तथ्याङ्कमा सङ्क्रमित सङ्ख्या ३५ हजार २२३ जना सङ्क्रमित थिए ।
आठ महिनाको अवधिमा सङ्क्रमितमध्ये २० जनाको मृत्यु भएको छ भने सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ । सङ्क्रमण देखिएका जिल्लामध्ये सबै धेरै सङ्क्रमित सुनसरी जिल्लामा छन् । सुनसरीमा १६ हजार ९५ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । यस्तै दोस्रोमा तनहुँ जिल्लामा ३ हजार ७१० जना सङ्क्रमित छन् ।
तेस्रोमा झापा ३ हजार ५७१ हजार, धादिङमा ३ हजार १२९ जनामा सङ्क्रमण भएको छ । मोरङ २ हजार २७३ जना सङ्क्रमित हुँदा कास्की १ हजार ४०८ जना सङ्क्रमित भएका छन् । काठमाडौँमा ७८५ जना सङ्क्रमित भएको ईडीसीडीले जनाएको छ । उता सङ्खुवासभामा ५२८ जना सङ्क्रमण पुष्टि हुँदा कैलालीमा ४८१ जनामा सङ्क्रमण भएको छ । धनकुटामा सङ्क्रमितको सङ्ख्या ४४५ जना पुगेको छ ।
सात प्रदेशमध्ये सबैभन्दा धेरै सङ्क्रमित कोशी प्रदेशमा रहेको आँकडाले देखाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशमा मात्रै २३ हजार ७०५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । त्यसपछि बाग्मती प्रदेशमा ४ हजार ८५३ जना सङ्क्रमित छन् भने गण्डकी प्रदेशमा ५ हजार ७५४ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा १ हजार ७९, मधेस प्रदेशमा ५८५, लुम्बिनी प्रदेशमा ६४५ र कर्णाली प्रदेशमा १२३ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण