जैशीलाई एमाले सुदूरपश्चिमको अध्यक्ष बनाउने गरी सहमतिको खाका प्रस्ताव*
धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा कृष्ण प्रसाद जैशीलाई चयन गर्नेगरी सहमतिको खाका प्रस्ताव गरिएको छ । निर्वाचनको कार्यक्रम अघि बढे पनि जैशीको अध्यक्षतामा प्रदेश नेतृत्व चयन गर्नेगरी मंगलबार सहमतिको खाका प्रस्ताव गरिएको हो ।
नेकपा एमालेका स्थायी समिति सदस्य कर्ण थापाका अनुसार जैशीको अध्यक्षतामा प्रदेश समितिको खाका तयार भएको छ ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव धर्मराज पाठकले जैशी अध्यक्षमा सहमतिको खाका बनेको र बुधबार प्रक्रिया मिलाएर घोषणा हुने दाबी गरे । उनका अनुसार अन्य पदाधिकारीमा पनि समेत सहमति जुटिसकेको छ ।
यसअघि अध्यक्षका लागि ४ जनाको उम्मेदवारी दर्ता भएको थियो । अध्यक्ष पदमा कृष्ण प्रसाद जैशी, कमल तिमिल्सेना, बच्चन सिंह र हरि साउदले उम्मेदवारी दिएका थिए । त्यस्तै, ५ पदाधिकारीको लागि २३ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
यसअघि प्रकाशित समाचारमा अन्यथा भएकाले क्षमायाचनासहित संशोधन गरिएको छ-सं
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण