अख्तियार प्रमुखलाई रवि लामिछानेको प्रश्न– ‘५ वटा ठुला भ्रष्टाचारको फाइल के भयो ?’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अख्तियार प्रमुख प्रेमकुमार राईलाई ठुला भ्रष्टाचारको मुद्दाको अनुसन्धानमा ढिलाइ गरेको भन्दै प्रश्न गरेका छन् । सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पाँचवटा ठुला भ्रष्टाचार प्रकरणको अनुसन्धानमा लामिछानेले प्रश्न उठाएका हुन् ।
लडाकु शिविरमा भएको भनिएको घोटाला, वाइड बडी प्रकरण, यत्ति, ओम्नी र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा भएको भ्रष्टाचारबारे रविले प्रश्न गरेका हुन् । २०७३ भदौमा अख्तियारले पत्रकार सम्मेलन गरेर शिविरमा भएको घोटालाबारे ‘छानबिन जारी रहेको’ बताएको तर, अहिलेसम्म त्यसबारे कुनै निर्णय नगरेको लामिछानेले बताए । अख्तियारका पदाधिकारीलाई उनले सोधे–‘लडाकु शिविरको घोटाला तुहियो कि कायम छ, छानबिन जारी छ भन्ने जवाफ कहिलेसम्म दिनुहुन्छ ?’
वाइड बडी प्रकरणमा लेखा समितिले ४ अर्ब घोटाला भएको ठहर गरेर थप अनुसन्धान गर्न अख्तियारलाई लेखेर पठाएको उल्लेख गर्दै लामिछानेले भने–‘वाइड बडी कहाँ पुग्यो ?’यती प्रकरणमा नेपाल ट्रस्टको ऐन संशोधन गरेर गोकर्णको जग्गा सस्तो मूल्यमा दिएको बारे अनुसन्धान किन पुरा भएन भनेर रविले प्रश्न गरेका छन् । २०७७ मा लेखा समितिले ओम्नी प्रकरणको अनुसन्धान गर्न लेखेर पठाएको उल्लेख गर्दै रविले प्रश्न गरे–‘कानुन मिचेर स्वास्थ्य सामग्री खरिद गरिएको ओम्नी प्रकरणको फाइल बन्द भयो कि, के भयो ?’
अखिल नेपाल फुटबल सङ्घमा ५८ करोड भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिले ठहर गरे पनि अख्तियार त्यसबारे मुद्दा नै नचलाएकोमा आपत्ति जनाउँदै रविले भने–‘एन्फामा फिफाले भ्रष्टाचार देख्यो तर, अख्तियारले किन देखेन ?’
अख्तियारले एन्फाको फाइल तामेलीमा राखेको छ । तर, फिफाले करप्सन भएको निष्कर्षसहित तत्कालीन एन्फा अध्यक्ष गणेश थापालाई १० वर्ष फुटबलमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सो निर्णयपछि थापा फुटबलबाट बाहिरिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
-
विस्कन्सिनमा आँधीका कारण डुङ्गा डुब्दा ३ जना बालबालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण