शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
पदाधिकारी बैठक

कोशी सरकारबारे निर्णय लिन राप्रपाले बोलायो बैठक

बुधबार, २४ असोज २०८०, १५ : ४३
बुधबार, २४ असोज २०८०

काठमाडौँ । कोशी प्रदेशमा देखिएको सत्ता संकटको विषयमा निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले पदाधिकारीको बैठक बोलाएको छ । 

बैठक शुक्रबार बिहान ८ बजे केन्द्रीय  कार्यालय धुमबाराहीमा बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार कोशीमा सरकार बनाउने विषयमा सबै विकल्प खुला राखेर छलफल हुनेछ । 

‘मूलत कोशीमा सरकार बनाउने विषयमा छलफल गर्न बैठक बोलाएको हो । राप्रपाले अन्य दललाई सहयोग गर्ने कि आफै अघि बढ्ने भन्ने विषयमा छलफल हुन्छ’, उनले भने, ‘सरकारको प्रक्रियामै भाग लिने वा नलिने लगायत विभिन्न विकल्पमा छलफल हुन्छ ।’

संविधानको धारा १६८(३) अनुसार सर्वोच्च अदालतको परमादेश अनुसार दोस्रोपटक हिक्मत कार्की मुख्यमन्त्री भएका थिए । तर बहुमत नपुग्ने देखेपछि उनले गत शनिबार पदबाट राजीनामा दिएका थिए । 

प्रदेश प्रमुखले उपधारका ५ बमोजिम मुख्यमन्त्री दाबी गर्न दलहरूलाई आह्वान गरेका छन् । गठबन्धनले सरकार गठन गर्न राप्रपाको सहयोग मागेको छ । सोही विषयमा निर्णय लिन उसले बैठक बोलाएको हो । यदि राप्रपाले सहयोग नगरेमा माध्यावधिमा जाने सम्भावना देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप