सुदूरपश्चिम एमाले उपाध्यक्षमा शाही सर्वसम्मत
काठमाडौँ । नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्षमा उम्मेदवारी दिएका हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, हजारीसिंह साउद र गजेन्द्रबहादुर शाहीले उम्मेदवारी फिर्ता लिएपछि शाही सर्वसम्मत भएको प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिए ।
उनका अनुसार ५ बजेसम्मका लागि सहमतिका लागि समय दिएकाले त्यसभित्र सहमति जुटे मतदान नहुने र नजुटे मतदानमा जाने तयारी छ । अहिलेसम्म अध्यक्षका प्रत्याशी बच्चन सिंह र कमल तिमिल्सिनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
उनीहरुले उम्मेदवारी फिर्ता लिएपछि कृष्ण जैसी र भरत साउदबिच सहमतिको प्रयास भइहरेका छ । साउदले आफूले भनेका दुई जनालाई उपसचिव बनाउनुपर्ने सर्त अघि सारेका छन् । उनले नरबहादुर विक र भागीरथी विष्टलाई उपसचिव बनाउनुपर्ने बताएका छन् । सचिवमा पनि दुई जनाको उम्मेदवारी कायमै रहेको छ । रणबहादुर चन्द र रतनराज रेग्मी प्रत्याशी छन् ।
उपसचिवमा भागीरथी विष्ट, चन्द्रकला राना, अशोक चन्द, नरबहादुर विक, रामरत्न जोशी र सुरेन्द्र पाल प्रत्याशी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण