विद्यालय शिक्षा विधेयकमाथि शिक्षाविद्हरूको दाबी : सरोकारवालासँग पर्याप्त छलफल भएन
काठमाडौँ । संसदमा छलफलको क्रममा रहेको विद्यालय शिक्षा विधेयकमा शिक्षाविद्हरू सुझाव पेश गरेका छन् । सभामुख तथा शिक्षा, स्वास्थ्य तथा सञ्चार प्रविधि समितिका सदस्यहरूलाई सुझाव पेश गरेका हुन् ।
शिक्षाविद्हरू प्राध्यापक केदारभक्त माथेमा, प्राडा. विद्यानाथ कोइराला, प्राडा मन प्रसाद वाग्ले, प्राडा. मिन बहादुर विष्ट, प्राडा विनय कुशियत, डा. ब्रजेश पन्त र शिक्षा अध्येयता टीका भट्टराईले शिक्षा विधेयकमा आफ्नो सुझाव पेश गरेका हुन् ।
विद्यालय शिक्षामा सैद्धान्तिक तथा व्यावहारिक अडानहरू, संघीय शिक्षा विधेयकका मूल सवालहरू, आर्थिक पक्षमा केही दृष्टिकोणहरू, संघीय शिक्षा विधेयकमा मुख्य दफावार संशोधन लगायतका विषय उनीहरूले राखेका हुन् ।
उनीहरूले विधेयकलाई ग्रहणीय बनाउन शिक्षाका मूल पक्षहरूमा अङ्गीकार गरेका प्रमुख सैद्धान्तिक र व्यावहारिक अडानहरू राखेका हुन् ।
उनीहरूले सरोकारवालासँग पर्याप्त र खुला छलफल नगरिएको भन्दै आपत्ति जनाएका छन् । अब समितिले जनसाधारणले थाहा पाउने र आफूहरूसँग परामर्श गर्ने तथा सरोकारवालासँग समूहहरूसँग परामर्श गर्न अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण