कोशी प्रदेश सरकार : मध्यावधिमा जाने मुडमा छैन एमाले
विराटनगर । नेकपा एमालेले ४७ सांसदको समर्थन लिएर गठबन्धन आए कोशी प्रदेशमा आफ्नो पार्टी प्रतिपक्षीमा बस्न तयार रहेको जनाएको छ । एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले आफ्नो दलको मुख्यमन्त्रीले राजीनामा दिएपछि आफ्नो पार्टी चुप बसेको बताएका हुन् ।
प्रमुख सचेतक भण्डारीले मध्यावधिमा जाने अवस्था आयो भने अर्को विकल्पमा जाने बताए । ‘उहाँहरु आफू आफू झगडा गरेर ४७ बनाउनु भएन भने हामीले मध्यावधि रोक्नकै लागि कसैलाई साथ दिनैपर्छ,’ भण्डारीले भने, ‘उद्धव थापाले पुर्याए पनि, इन्द्र आङ्बोले पुर्याए पनि ४७ पुर्याउँदा हामी असहयोग गर्दैनौं ।’
केपी ओली र शेखर कोइराला बीचको कुराकानी अहिले मात्रै नभएको र पहिलेदेखि नै भइरहेको उनले बताए । उनले मध्यावधिलाई बचाउन उद्धव थापा, केदार कार्की, इन्द्रबहादुर आङ्बो, दुर्गा चापागाईँ जसले सहयोग माग्छन्, उसैलाई सहयोग गर्न तयार रहेको बताए । ‘गठबन्धनले ४७ को हस्ताक्षर पुर्याएको खण्डमा आरामले प्रतिपक्षमा बस्न तयार छौँ । मध्यावधि टार्न गरेको कोसिसलाई कसैले कमजोरी नठानोस्,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण