शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
चलखेल

सिद्धबाबा सुरुङमार्ग निर्माण : ठेकदारले अबैध क्रसर चलाएको आरोप

बिहीबार, २५ असोज २०८०, ०६ : १४
बिहीबार, २५ असोज २०८०

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबामा सुरूङमार्ग निर्माणको काम अहिले भौतिक रूपमा रोकिएको छ ।  चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माणको ठेक्का लिएको सुरुङमार्ग निर्माणको क्रममा असारको पहिलो साता सुरुङमार्गका दुईवटा टनेल पहिरोमा परेपछि भौतिक निर्माणको काम स्थगित गरेर अन्य काम भइरहेको छ । 

सिद्धबाबा मन्दिर तलको डाइभर्सन काम सकेर टनेल पोर्टलको निर्माणको कामलाई तीव्रता दिएको बेलामा पहिरोले भत्काएको थियो । कम्पनीले अन्यनिर्माणको काम दसैँपछि मात्रै सुरुगर्ने योजनामा रहेको सुरुङमार्ग निर्माण परियोजनाको सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीले बताइन् । उनले भनिन्, ‘अहिले ठेकेदार कम्पनी भौतिक रूपमा देखिने भन्दा अन्य काम गरेका छन् । दसैँपछि भौतिक प्रगति देखिनेछ ।’

१ हजार १२६ मिटर लामो सुरुङ पाल्पाको दोभानबाट सुरु भएर बुटवलको चिडियाखोला रामपिथेकस पार्कसम्म ल्याउन १० अर्ब रकम लाग्ने अनुमान गरिएको छ । तर परियोजनाको पूर्ण डीपीआर अझैसम्म आएको छैन। यो सुरुङमार्गको लागि स्वीडेन सरकारले प्राविधिक सहयोगगरेकाले डीपीआर पनि उतै  बन्दैछ ।

cccccc

इन्जिनियर ज्ञवालीले रातोपाटीलाई भनिन्, ‘जुन पार्ट काम गर्न डीपीआर बनेको हो, त्यसको काम गर्ने हो । अन्य आउँदै गर्छ । यो परियोजनामा सवै डीपीआर एकै पटक आउँदैन।’

गतवर्ष ग्लोबल टेन्डर हुँदा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ठेक्का पाएको थियो। सुरूङमार्ग ५ वर्षभित्र बनाउने सम्झौता छ ।उसले तोकिएको समय ९ महिनाभित्रै डिजाइनको बुझाएको थियो । त्यही निर्माण कम्पनीलाईडिजाइनसँगै निर्माणको जिम्मा दिइएको थियो । 

क्रसर प्लट स्थापनापछि स्थानीय असन्तुष्ट
पाल्पाको तिनाउ गाउँपालिका–३ को तिनाउ खोलानजिकै करिब एक महिनाअघि निर्माण कम्पनीले क्रसर प्लान्ट स्थापना गरेपछि स्थानीयवासी असन्तुष्ट बनेका छन् । 

सिद्धबाबा सुरुङमार्ग आयोजनाको ठेकेदार चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले क्रसर प्लान्ट स्थापना गरेको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए ।

क्रसर प्लान्टले दोभान गाउँका स्थानीयवासीलाई वातावरणमा हानी पुर्याएको भन्दै विरोध आएपछि एकपटक कम्पनीको प्रतिनिधि र आफूहरू छलफलको लागि बसेको उनले जनाए । 

तिनाउ नदीको ५० मिटरको परिधिमा स्थानीय वन, झोलुङ्गे पुल र पक्की पुलमा  छेउमा क्रसर प्लान्ट स्थापना  गर्दा  गाउँपालिकालाई जानकारी नदिएको उनको भनाई छ । 
संघीय र प्रदेश सरकारको नियमअनुसार पुल र राजमार्गको ५०० मिटरभित्र क्रसर प्लान्ट सञ्चालन गर्न पाइँदैन। स्थानीयहरुले प्लान्ट बन्द गर्नुपर्ने माग गर्दै निवेदन दिएपछि गाउँपालिकाले उक्त कम्पनीलाई आईईई वा ईआईए प्रतिवेदन बुझाउन आग्रह गरेको थियो ।

999999

बुटवल–नारायणघाट सडक आयोजनाको ठेकेदारसमेत रहेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले तिनाउ खोलाबाट उत्खनन गरिएको ढुङ्गा तथा अन्य सामग्री बुटवलको सडक निर्माण स्थलमा निकासी गरेको स्थानीयले आरोप लगाएका छन् । 

दोभानका विष्णु पाण्डेयले कम्पनीले सुरुङमार्ग निर्माणको भौतिक काम अहिले रोकिएको अवस्थामा क्रसर प्लान्ट खोली नदीजन्य पदार्थ उत्खनन गरी अवैध रूपमा बुटवल पठाउने गरेको आरोप लगाए । 

उनले भने, ‘यहाँ संवेदनशील क्षेत्रसिद्धबाबामा कुनै काम भएको छैन । तर, यहाँबाट उत्खनन गरेर नदीजन्य पदार्थ गोप्य रूपमा बुटवल पठाउने काम भएको छ ।’ 

उता, परियोजनाको सूचना अधिकारी इन्जिनियर सम्झना ज्ञवालीले आयोजनाले क्रसर प्लान्ट स्थापना गर्दा मन्त्रालयबाट अनुमति लिएको जानकारी आफूले पाएको बताइन्।
आयोजना कार्यालयका अनुसार सुरुङ निर्माणका लागि चिनियाँ कम्पनीसँग २०२२ चैत ९ गते ७ अर्ब ३४ करोडको सम्झौता भएको थियो। पहिलो चरणको काम सुरु गर्न अहिलेसम्म ५८ करोड निकासा भइसकेको छ ।

96
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप