एमाले सुदूरपश्चिमको अध्यक्षमा जुटेन सहमति, प्रतिनिधि घर फर्किएपछि निर्वाचनको तयारी
धनगढी । नेकपा एमाले सुदूरपश्चिम अधिवेशनमा नेतृत्वको लागि सहमति जुटाउन गरिएको पाँच दिन लामो प्रयास असफल भएको छ । सहमतिको प्रयास विफल भएसँगै मतदान तयारी भइरहेको छ । खासगरी उपसचिवमा सहमति जुट्न नसक्दा सर्वसम्मतको प्रयास असफल भएको हो ।
प्रमुख निर्वाचन अधिकृत पदम पालले अध्यक्षका लागि अहिलेसम्म कृष्ण प्रसाद जैसी र भरत साउदको उम्मेदवारी कायमै रहेको बताए । दुई जनाको उम्मेदवारी कायमै रहेपछि मतदान हुने भएको हो ।
मतदानको लागि मतपत्र छपाएको काम भइरहेको बताउँदै निर्वाचन अधिकृत पालले त्यस लगत्तै मतदान हुने जानकारी दिए ।
यसअघि अध्यक्षका लागि जैसी र साउदसहित कमल तिमिल्सेना, बच्चन सिंहले पनि उम्मेदवारी दिएका थिए । तर नेताहरुबीच जैसीमा केन्द्रित रही सहमतिको खाका ल्याएपछि तिमिल्सिना र सिंहले उम्मेदवारी फिर्ता लिएका थिए । तर साउदले भने उम्मेदवारी कायमै राखेका हुन् ।
यसैबीच सहमतिको प्रयासमा पाँच दिन बितेपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट धनगढी आएका धेरै प्रतिनिधिहरू घरफर्किएका छन् । नेताहरुले सहमतिको नाममा प्रतिनिधिहरूको अवमुल्यन गरेको र धेरै विलम्ब गरेको भन्दै रुष्ट भएका प्रतिनिधिहरू घर फर्किएका हुन् ।
अध्यक्षका प्रत्यासी साउदले आफू सहमतिमा आउन तयार रहेको तर अर्को पक्षले जालझेल र षडयन्त्र गरेको बताए । उनले भने -'म अध्यक्षको उम्मेदवारी फिर्ता लिन तयार थिए, तर जालझेल र षडयन्त्र भयो । उपसचिवमा नरबहादुर विक र भागिरथी विष्टलाई सर्वसम्मत गराउने भनिए पनि अन्य प्रत्यासीलाई उम्मेद्वारी फिर्ता नगराएर तिकडम गरियो । त्यसैले अव निर्वाचनमा जानुको विकल्प छैन । '
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण