बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

निगमको जहाज दुबईबाट इजरायल उड्यो

बिहीबार, २५ असोज २०८०, १२ : ४०
बिहीबार, २५ असोज २०८०

काठमाडौँ । इजरायलमा रहेका नेपालीको उद्दारका लागि गएको नेपाल वायु सेवा निगमको जहाजले दुबईबाट इजरायलका लागि उडेको छ । निगमको जहाजले नेपाली समयअनुसार १०ः ४६ बजे दुबईबाट इजरायलका लागि उडान भरेको हो ।

जहाज इजरायलको स्थानीय समयअनुसार ११:१० मा इजरायलस्थित विमानस्थलमा अवतरण हुने परराष्ट्रमन्त्रीका प्रमुख स्वकिय सचिव दिपक जोशीले जानकारी दिएका छन् ।  परराष्ट्रमन्त्री एनपी साउदलाई भेट्न इजरायली विदेश मन्त्रालयका उच्च तहका अधिकारी र नेपाली राजदूत कान्ता रिजाल्लगायतको टोली विमानस्थलमा पुगेको छ ।

जहाज इजरायलमा दुई घन्टा होल्ड भएर दिउँसो १ः १० बजे नेपालका लागि उडान भर्ने जोशीले बताए । २५० जना नेपाली नागरिक लिएर नेपाल फर्किने सो जहाज राती सवा ९ बजे काठमाडौं अवतरण गर्नेछ । बिहीबार बिहान ४ बजे परराष्ट्रमन्त्री एनपी साउदको टोली इजरायल प्रस्थान गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप