मिसेस युनिभर्समा विमलालाई ‘मिसेस हुम्यानिटी’को उपाधि
लन्डन । फिलिपिन्समा भएको ४६औँ मिसेस युनिभर्स २०२३ को प्रतियोगितामा विमला बुढाथोकीले‘मिसेस हुम्यानिटी २०२३’ को उपाधि जेतेकी छन् । अक्टोबर १ देखि ८ तारिखसम्म फिलिपिन्सको मनिलामा आयोजना भएको ४६औँ मिसेस युनिभर्स २०२३ मा बेलायत निवासी विमलाले नेपालको प्रतिनिधित्व गर्दै मिसेस युनिभर्स २०२३ मा सहभागी भएकी थिइन् । उक्त प्रतियोगितामा विश्वभरका दर्जनौं मिसेस सुन्दरीहरूको सहभागिता रहेको थियो ।
प्रतियोगिता सकेर बेलायत आएपछि विमलाले भनिन्, ‘नेपालको प्रतिनिधित्व गर्दै फिलिपिन्स पुगेर नेपाललाई विश्वसामु चिनाउन आफ्नो तर्फबाट आत्मविश्वास र इमान्दारीपूर्वक प्रयास गरेको छु, मानव सेवा भन्दा ठूलो धर्म अरु केही हुँदैन, मिसेस युनिभर्स २०२३ मा ‘मिसेस हुम्यानिटी’ बाट सम्मानित हुन पाउनु नेपालको लागि पनि गौरवको विषय हो’ उनले भनिन् ।
प्रतियोगिताका दौरानका आफ्ना १० दिन निकै फलदायी रहेको बताउँदै फिलिपिन्स समुदाय तथा प्रतियोगीहरूबाट राम्रो सहयोग पाएको बताइन् । निकट भविष्यमा हुन गइरहेका ३/ ४ वटा प्रतियोगितामा सहभागिता जनाउन आफूलाई प्रस्ताव पनि आएको बताउँदै आफ्नो यात्रामा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिँदै भावी दिनमा पनि सहयोग गर्न आग्रह गरेकी छन् ।
नेपाली संस्कृतिको पहिचान स्वरूप प्रतियोगिताको प्रिइलिमिनेशन राउन्डमा उनले नेपालीपन झल्काउने पहिरन लगाएकी थिइन् । यसैगरी उनले प्रतियोगितामा सहभागिता जनाउन आउनेहरूलाई नेपाली सामाग्रीहरू कोसेली स्वरूप प्रदान गर्दै नेपाल भ्रमणमा आउन निमन्त्रणा समेत गरिन् ।
लन्डन फेसन हाउसले बेलायतमा आयोजना गरेको 'कोरोनेसन नाइट' मा विमलालई मिसेस नेपाल युनिभर्स २०२३ को उपाधि प्रदान गरेसंगै विमलालाई मिसेस युनिभर्स २०२३ को प्रतियोगितामा सहभागी उने अवसर जुटेको थियो ।
ट्राभल टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेन्टमा ब्याचलर्स गरेकी उनले क्याबिन क्रुको तालिम समेत लिएकी छन् भने नेपाल छँदा दुई वर्ष सिंगापुर एअरलाइन्स्मा काम गरेकी थिइन् । सन् २०१० देखि बेलायत बस्दै आएकी विमला सामाजिक कार्यमा आबद्ध रहनुका साथै च्यारिटी संस्थासँग पनि सहकार्य गर्दै आएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा पूर्व गोर्खामाथि जातीय घृणाप्रेरित आक्रमण: आरोपी पक्राउ, नेपाली समुदायमा आक्रोश
-
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा
-
मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल भोलिदेखि सुरु हुने
-
ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफाइनल समीकरण पूरा
-
एकअर्कालाई 'धन्यवाद' र 'सरी' भन्दै सकियो रास्वपाको बैठक
-
विज्ञापन प्रतिबन्धले निजी मिडिया संकटमा, नीति पुनर्विचार गर्न सरकारसँग आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण