बेलहिया नाकामा नागरिक सहायता कक्ष स्थापना
बुटवल । चाडपर्वलाई लक्षित गरेर रुपन्देहीको बेलहिया नाकामा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, नेपाल प्रहरी, ट्राफिक प्रहरीलगायतको पहलमा सहायता कक्ष स्थापना गरिएको हो ।
नागरिक सहायता कक्षमा चालक र सहचालकको दैनिक रूपमा र यात्रु, पर्यटक सर्वसाधारणको आवश्यकताका आधारमा स्वास्थ्य परीक्षण गरिने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
यस्तै आवश्यकता आधारमा औषधि, मास्क, स्यानीटाइजर उपलब्ध गराइने उनले बताए । यस्तै ट्राफिक नियमबारे सचेत गराउनुका साथै विभिन्न गन्तव्यसम्मको भाडदारबारे पनि जानकारी गराइने उनले बताए ।
बिहीबार चालकहरूलाई माला लगाइदिएर नागरिक सहायता कक्षको स्थापना गरिएको हो । त्यसक्रममा उनीहरूलाई सवारी चलाउँदा सावधानी अपनाउन र यात्रुलाई सम्मानपूर्वक व्यवहार गर्न समेत आग्रह गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक बजिरसिंह विष्टले नागरिक सहायता कक्षले चालकलाई पनि सहयोग पुग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुससहित सब-डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख पक्राउ
-
अमेरिकामा लरेन्स बिश्नोई र गाल्डी बरारमाथि मुद्दा दायर
-
अमेरिकी आक्रमणको कडा जवाफ दिने इरानको प्रतिज्ञा
-
दाङमा पाँच हजार बढीको परीक्षण गर्दा छ सय पचासमा सिकलसेलको लक्षण
-
अमेरिकाको टेक्सासमा आप्रवासन अधिकारीको गोलीबाट एक जनाको मृत्यु
-
इरानमाथि अमेरिकी आक्रमणपछि बढ्यो कच्चा तेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण