विभिन्न जिल्लामा सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटना परेर ३ जनाको मृत्यु भएको छ । भक्तपुर, दाङ र झापामा भएका सवारी दुर्घटनामा परेर बिहीबार ३ जनाको मृत्यु भएको हो ।
भक्तपुरको भक्तपुर नगरपालिका–१ नगरकोटमा बा.६९प ९१० नम्बरको स्कुटरको ठक्करबाट पैदल यात्री सोही नगरपालिका–१ सल्लाघारी बस्ने ६८ वर्षीय भुलिमाया धुगुछुको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको डा.ईवामुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै दाङको राप्ती गाउँपालिका–१ भालुबाङ बजारस्थित सडकमा ना.७ ख ५९७१ नम्बरको बसले लु.९२ प ७५७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने कपिलवस्तु बाणगंगा नगरपालिका–४ जितपुर घर भएका २३ वर्षीय विजय खनाल रहेका छन् ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्रस्तावित भालुबाङ अस्पताल दाङमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता, झापाको बिर्तामोड नगरपालिका–१ कन्चनजङ्गा अस्पताल अगाडि सडकमा ना ४ ख २०८३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दोलखा कालिन्चोक गाउँपालिका–५ बस्ने ५१ वर्षीय देवी माया थामी रहेकी छन् । ठक्करबाट गम्भीर घाइते भएकी उनको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण