सूर्यविनायकबाट ५ जना जुवाडे पक्राउ
शुक्रबार, २६ असोज २०८०, १३ : २७
काठमाडौँ । भक्तपुरको सूर्यविनायकबाट प्रहरीले ५ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–८ स्थित दार्जिलिङ हाइटमा सञ्चालित जुवा खालमा छापा मारेर जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका नबराज दंगाल, सुर्यबहादुर श्रेष्ठ, डावाङ लामा, डिलबहादुर लामा र स्याङ्जा घर भएका पिताम्बर आले छन् । खालबाट ३ बुक तास र ४५ हजार नगद बरामद गरिएको डिएसपी पाठकले जानकारी दिए ।
जस्ताको दुईतले टहरोमा बिहीबार साँझ प्रहरी वृत जगातीको टोलीले छापा मारेको थियो । आरोपितलाई प्रहरीले जुवा ऐन अन्तर्गत मुद्दा चलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण