सरकार र कर्मचारीबीच वार्ता जारी
काठमाडौँ। सरकार र स्थानीय तहका कर्मचारीबीच सिंहदरबारमा वार्ता जारी रहेको छ। विभिन्न २० बुँदे माग राखेर आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न हिजो मात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार सदस्यीय वार्ता समिति गठन गरेको थियो । सरकारी वार्ता टोलिका संयोजक एवं मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईका अनुसार स्थानीय तहका कर्मचारीको माग बमोजिम वार्ता चलिरहेको छ। उनका अनुसार सबैजसो माग सम्बोधन भए पनि ४–५ वटा मागको बारेमा अहिले छलफल भइरहेको छ।
उनका अनुसार वार्ता अहिले पनि जारी छ। आन्दोलनरत कर्मचारीले संघीय निजामती सेवा ऎनको सट्टा एकीकृत निजामती ऎन हुनुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै हुनुपर्ने लगायतका २० बुँदे माग राखेका छन् । आन्दोलनरत पक्षका संयोजक दीपक गौतमले वार्ता सकारात्मक रुपमा अघि बढिरहेको रातोपाटीलाई बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण