सरकार र कर्मचारीबीच वार्ता जारी

काठमाडौँ। सरकार र स्थानीय तहका कर्मचारीबीच सिंहदरबारमा वार्ता जारी रहेको छ। विभिन्न २० बुँदे माग राखेर आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न हिजो मात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार सदस्यीय वार्ता समिति गठन गरेको थियो । सरकारी वार्ता टोलिका संयोजक एवं मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईका अनुसार स्थानीय तहका कर्मचारीको माग बमोजिम वार्ता चलिरहेको छ। उनका अनुसार सबैजसो माग सम्बोधन भए पनि ४–५ वटा मागको बारेमा अहिले छलफल भइरहेको छ।
उनका अनुसार वार्ता अहिले पनि जारी छ। आन्दोलनरत कर्मचारीले संघीय निजामती सेवा ऎनको सट्टा एकीकृत निजामती ऎन हुनुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै हुनुपर्ने लगायतका २० बुँदे माग राखेका छन् । आन्दोलनरत पक्षका संयोजक दीपक गौतमले वार्ता सकारात्मक रुपमा अघि बढिरहेको रातोपाटीलाई बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनजातिहरूको विकासका लागि गम्भीर हुन राष्ट्रिय प्रतिष्ठानलाई मन्त्री गुप्ताको निर्देशन
-
लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
-
मनसुनजन्य विपद् व्यवस्थापनको पूर्व तयारीबारे छलफल, गृहमन्त्रीले दिए यस्तो निर्देशन
-
संसद्को अवरोध खोल्न बसेको तीन दलको बैठकमा जुटेन सहमति
-
एलिनाको स्वरमा ‘म त एक्लै ज्यूँछु बरु’ सार्वजनिक
-
अनेरास्ववियुको अध्यक्षका लागि ५ जना सचिवहरूबिच प्रतिस्पर्धा