उपभोक्ता ठग्ने ६ व्यापारिक फर्मलाई १ लाख ५ हजार जरिवाना
काठमाडौँ । वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठगी गर्ने ६ वटा पसललाई १ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ । विभागले शुक्रबारको बजार अनुगमनका क्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्थानका ती पसललाई आर्थिक जरिवाना गरेको हो ।
विभागका अनुसार बुढानिलकण्ठको पानी पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । उक्त पसलले मूल्य सूची, दर्ता प्रमाण नराखेको पाइएको थियो । ४ जना सदस्यसहितको टोलीले पानी पसललाई ५० हजार जरिवाना तिराएको हो । यसबाहेक, ललितपुरको कस्मेटिक पसललाई २० हजार तिराइएको प्रवक्ता आनन्दराज पोखरेलले जानकारी दिए ।
यस्तै, इन्द्रावतीको किराना पसललाई ५ हजार, खुसिबुको किराना पसललाई ५ हजार, कालिमाटीको माछा पसललाई ५ हजार र काठमाडौंको किराना पसललाई २० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ । यी पसलहरुले बिलबिजक नराख्ने, मूल्यसूची नराख्ने गरेको पाइएको प्रवक्ता पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण