पोखराको औद्योगिक व्यापार मेला मंसिर अन्तिम साता
शनिबार, २७ असोज २०८०, १९ : ५२
पोखरा । पोखरामा ३१ औं संस्करणको पोखरा राष्ट्रिय औद्योगिक व्यापार मेला मंसिर अन्तिम साता हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा मंसिर २१ गतेदेखि पुस १ गतेसम्म मेला हुन लागेको छ ।
मेलाको मिति तय गर्न गठित समितिले मंसिरको अन्त्यमा आयोजना गर्न सकिने सुझाव दिएको थियो । ‘मौसम र सबै हिसावले मंसिर २१ देखि मेला गर्दा ठिक हुने देखियो । अग्रज र सरोकारवालासँग पनि छलफल गरेर सोही मिति तोकिएको हो,’ समितिका संयोजक सौगात थापाले भने ।
यसपटकको व्यापार मेलालाई विगतका वर्षहरुमा भन्दा थप परिस्कृत गर्न पनि समितिले सुझाएको छ । इभेण्ट नै इभेण्टको सहर पोखरामा पछिल्ला वर्षहरुको मेला भने फितलो हुँदै गएको छ ।
दर्शकको भीड घटेको छ भने, मेलामा रौनक पनि पातलो बन्दै गएको छ । आजभोलि महोत्सवको संख्या पनि बढेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा उत्तरी सीमा क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा
-
घोराहीमा ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्रे
-
बेल्जियम र इरान भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
८ आत्मघाती गोलसँगै दोस्रो स्थानमा २०२६ विश्वकप: रुसको कीर्तिमान तोडिने सङ्घारमा
-
१२ बजे १२ समाचार: रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनदेखि हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटोसम्म
-
ओयार्जाबाल चम्किएपछि स्पेनको फराकिलो जित, केप भर्डसँगको बराबरी बिर्साउँदै लयमा फर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण