मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई ओलीले भने– राम्रो काम गर्नु

आइतबार, २८ असोज २०८०, १३ : ४५
आइतबार, २८ असोज २०८०

काठमाडौँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । मुख्यमन्त्री कार्की आइतबार बिहान भक्तपुरको बालकोट निवास पुगेका थिए ।

मुख्यमन्त्री कार्कीसँगै बालकोट पुगेका राजनीतिक विश्लेषक पुरञ्जन आचार्यकाअनुसार ओली र मुख्यमन्त्री कार्कीबीच संक्षिप्त कुराकानी भएको थियो । भेटमा कार्कीले सहयोगका लागि ओलीलाई धन्यवाद दिए ।

जवाफमा ओलीले राम्रो काम गर्न भनेको आचार्यले रातोपाटीलाई बताए । ‘हामी ढिला पुग्यौँ । ओलीजीलाई निस्कन हतार भएकाले लामो कुराकानी भएन । केदारजीले सहयोगका लागि धन्यवाद दिनुभयो । ओलीजीले राम्रो काम गर्नु भन्नुभयो,’ उनले भने।

सत्ता गठबन्धनको निर्णयलाई चुनौती दिँदै कांग्रेस नेता शेखर कोइराला पक्षीय ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए । 

मुख्यमन्त्री कार्कीले शनिबार नेता कोइराला र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप