गाजाका जनतालाई सामूहिक दण्ड दिन बन्द गर्नुपर्छ : चीन
बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले गाजामा इजरायलको कारबाही अब ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ गएको र इजरायली सरकारले ‘गाजाका जनतालाई सामूहिक दण्ड दिन बन्द गर्नुपर्ने’ बताएका छन् । वाङ यीले साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहानलासँगको टेलिफोन वार्तामा सो कुरा बताएका हुन्।
इजरायली सेनाले गाजामा हमास चरमपन्थीहरूविरुद्ध जमिनी कारबाही गर्ने घोषणा गर्दा वाङ यीले फैसल बिन फरहानलाई टेलिफोन गरेका थिए। चीनको सरकारी टेलिभिजन च्यानल सीसीटीभीका अनुसार इजरायल(हमास द्वन्द्वको बीचमा युद्धविराम र शान्ति वार्तालाई प्रवर्द्धन गर्न चीनका विशेष दूत झाई जुनले अर्को हप्ता मध्यपूर्वको भ्रमण गर्नेछन्।
‘विभिन्न पक्षहरूसँग युद्धविराम हासिल गर्न, नागरिकहरूको सुरक्षा गर्न, तनाजलाई कम गर्न र अर्को हप्ता शान्ति वार्तालाई प्रवर्द्धन गर्न समन्वय गर्न, सीसीटीभीले आइतबार आफ्नो आधिकारिक सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा भनेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण