बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

गाजाका जनतालाई सामूहिक दण्ड दिन बन्द गर्नुपर्छ : चीन

आइतबार, २८ असोज २०८०, १३ : ५५
आइतबार, २८ असोज २०८०

बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले गाजामा इजरायलको कारबाही अब ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ गएको र इजरायली सरकारले ‘गाजाका जनतालाई सामूहिक दण्ड दिन बन्द गर्नुपर्ने’ बताएका छन् । वाङ यीले साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहानलासँगको टेलिफोन वार्तामा सो कुरा बताएका हुन्। 

इजरायली सेनाले गाजामा हमास चरमपन्थीहरूविरुद्ध जमिनी कारबाही गर्ने घोषणा गर्दा वाङ यीले फैसल बिन फरहानलाई टेलिफोन गरेका थिए। चीनको सरकारी टेलिभिजन च्यानल सीसीटीभीका अनुसार इजरायल(हमास द्वन्द्वको बीचमा युद्धविराम र शान्ति वार्तालाई प्रवर्द्धन गर्न चीनका विशेष दूत झाई जुनले अर्को हप्ता मध्यपूर्वको भ्रमण गर्नेछन्।

‘विभिन्न पक्षहरूसँग युद्धविराम हासिल गर्न, नागरिकहरूको सुरक्षा गर्न, तनाजलाई कम गर्न र अर्को हप्ता शान्ति वार्तालाई प्रवर्द्धन गर्न समन्वय गर्न, सीसीटीभीले आइतबार आफ्नो आधिकारिक सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा भनेको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप