शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

आस्था राउतको नयाँ गीत ‘लै बरी लै’ सार्वजनिक

आइतबार, २८ असोज २०८०

काठमाडौँ ।  गायिका आस्था राउतको नयाँ गीत ‘लै बरी लै’ सार्वजनिक भएको छ । घटस्थापनाको साइत पारेर सार्वजनिक गीतमा आस्थाले आफैँ मोडलिङ गरेकी छिन् । 

‘सालको पात टपरी’ बोलको रिमिक्स गीतबाट गायन यात्रा सुरु गरेकी आस्थाले ‘चौबन्दीमा पटुकी’ बोलको गीतबाट आफूलाई स्थापित गरेकी थिइन् । त्यसपछि दर्जनौँ हिट गीतमा स्वर दिएकी आस्थाले नयाँ गीतलाई डान्सिङ शैलीमा तयार गरेकी छिन् ।

सावित्री राउतको शब्दमा सुरेश अधिकारीले सङ्गीत भरेको गीतले छोटो जिन्दगीमा रमाइलो गर्नुपर्ने सन्देश दिन्छ । 

गायिका आस्थाले गीतको भाव र चाडपर्वको मौसम एकै भएकाले गीतले दर्शक पाउने विश्वास व्यक्त गरिन् ।

‘देश विदेश जताततैबाट नकारात्मक खबर आएको समयमा यस्ता गीतले हामीमा नयाँ उर्जा भरुन् भन्ने उद्देश्यले अलि रमाइलो शैलीको गीत गाएकी हुँ । यो गीत मात्र नभएर मेरा प्यारा दर्शकलाई सन्देश पनि हो,’ आस्थाको भनाइ छ । 

केही गीतका भिडियोमा लिपसिङमा मात्र देखिने गरेकी आस्थाले यो गीतमा आफैँ मज्जाले नाचेकी छिन् । उनको नृत्य कौशलले उनी गीत र नृत्य बराबरी गर्न सक्ने पक्का परफर्मर भएको सन्देश दिन सफल भएकी छिन् । 

गीतको भिडियो किरण थापाले निर्देशन गरेका हुन् । भिडियोमा राज कटुवाल, मिहाङ, प्रवेश र उपासना शाक्य, कृतिका बराल, कन्चन श्रेष्ठ, रिया सुन्दास लगायतको अभिनय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया