१ अर्ब २२ करोडको अदुवा निर्यात
काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा ३३ करोड रूपैयाँको २६ लाख १४ हजार १७८ किलो अदुवा दुई महिनामा निर्यात भएको छ । गत आवमा नेपालबाट २ करोड ३० लाख १३ हजार ६८२ किलो अदुवा निर्यात भएको थियो ।
भन्सार विभागका अनुसार नेपालबाट बंगलादेश, भारत, नेदरल्यान्ड्स, जापान, युनाइटेड अरब इमिरेट्स, जर्मनी, जापान, कतारलगायत मुलुकमा नेपालबाट अदुवा निर्यात हुने गरेको छ । सन् २०२१ / २२ मा नेपालमा २ लाख ८७ हजार मेट्रिक टन अदुवा उत्पादन भएको सरकारी तथ्यांकले देखाउँछ । नेपालमा २२ हजार ४४१ हेक्टर क्षेत्रफलमा अदुवा खेती हुँदै आएको छ । गत वर्ष अदुवा निर्यात गरेर १ अर्ब २२ करोड २२ लाख रूपैयाँ बराबरको विदेशी मुद्रा नेपालले आर्जन गरेको छ ।
अदुवा विश्वमै उत्कृष्ट र लोकप्रिय मसला बाली हो । यसलाई नगदे बालीको रूपमा पनि लिइन्छ । अदुवाको स्वादले तरकारी, मासुलगायत परिकारमा विशेष स्वाद आउने भएकाले यसको प्रयोग गरिन्छ । अदुवा औषधिजन्य गुणसमेत भएकाले विभिन्न औषधिमा समेत प्रयोग गर्ने जानकारहरू बताउँछन् । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण