छायाङ्कन अगाडि वर्कसपमा जुट्यो ‘फर्की फर्की’
काठमाडौंँ । रोहित अधिकारीको निर्माणमा बन्न लागेको फिल्म हो ‘फर्की फर्की’ । निर्माण युनिट फिल्मको वर्कसपमा जुटेको छ । निर्माता अधिकारीले फिल्म छायांकन अगाडि नै रिलिज मिति जुर्याएको छ । वितरकसँगको सल्लाह अनुसार फिल्मको रिलिज २०८१ को जेठ फाइनल भएको निर्माता रोहितले बताए ।
फिल्मको वर्कशपमा अभिनेता अनमोल केसी, नव–कलाकारद्धय रवि काफ्ले र समृद्धि अर्याल छन् । फिल्ममा नायिकाको रुपमा छानिएको अर्की अभिनेत्री जसिता गुरुङले भने केही दिनमै वर्कशप सुरु गर्नेछिन् । सुयोग गुरुङको निर्देशन रहने फिल्मको कथा निर्माता रोहित अधिकारीले आफैले लेखेका हुन् । काठमाडौं, पोखरा र अन्नपूर्ण बेस क्याम्पमा छायांकन हुने फिल्मको इन्डोनेसियाको बालीमा पनि छायांकन हुने निर्माण पक्षले जनाएको छ ।
रोहितका अलवा ओमप्रकाश अग्रवाल निर्माता रहने फिल्मको सह–निर्मातामा मनोज वली र राम न्यौपाने हुन् । नरेन्द्र मैनालीको छायांकन, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत रहने फिल्म मंसिरको १ गतेबाट फ्लोरमा निस्कनेछ । ‘गाजलु’ र ‘छ माया छपक्कै’ जस्ता सुपरहिट फिल्म निर्माण गरेका निर्माता अधिकारीको फिल्म काठमाडौंमा काफिया फिल्मस् र मोफसलमा कुबेर फिल्मस्ले वितरण गर्नेछ । चलचित्रको अन्तरराष्ट्रिय वितरकको रुपमा एमएसएम इन्टरटेन्मेन्ट जोडिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण